निर्दयी श्रीमती : ईटा प्रहर गरी सुतेका श्रीमानको हत्या

कञ्चपुर, १४ मंसिर । संगैबाँच्ने संगैमर्ने कसम खाएर जिवनयात्रा शुरु गरेकी कञ्चनपुरकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरिदिएकी छिन ।

घरसायी विवाद भएपछि सुतेका श्रीमानलाई श्रीमतीले ईटा प्रहार गरेर ओछ्यानमै हत्या गरिदिएकी हुन । यो घटना कञ्चनपुर बेलौरी नगरपालिका ६ भुराकोट गाँउको हो । १३ मंसिर बुधबार साँझ साढे ७ बजेतिर घरकै शौचालयमा मृत भेटिएका भुराकोटका ४९ बर्षिया सियाराम रानाको हत्या ४३ बर्षिया श्रीमती जनक कुमारी रानाले गरेको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उमेशराज जोशीले सियाराम शौचालयमा मृत भेटिएको खबर आएपछि ईप्रका बेलौरीको प्रहरी निरीक्षक भाष्कर चन्द टोलीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीलाई सियाराम राना चिप्लेर मरेको खबर आएको थियो ।

प्रहरी घटना स्थल पुग्दा शौचालयमा चिप्लिएर मरेको खबर भएपनि प्रहरी घटना स्थल पुग्दा अली पर घरमै ग्यालरीमा सिरकले छोपेको भेटिएपछि प्रहरीलाई थप शंका भएको थियो । भनिए अनुरुप शौचालय र बाथरुमा लडेको जस्तो नदेखिएको, मृतकको टाउकोमा काटिएको चोटहरु देखिएको जुन सस्कापद थिए ।

प्रहरीले घटना संस्कापद मानेपछि घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबुल, ढोका लगायतमा रगत देखिएको, खाटमुनी पनि रगत र रगत लागेको आधा ईटा भेटिएपछि प्रहरीले रानाको चिप्लिएर मृत्यु नभई हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको प्रवक्ता जोशीले बताए । प्रहरी थप दराजभित्र प्लाष्टिकको सानो जेब्रा झोलमा महिला र पुरुषले लगाउने लुगा समेत रगतले भिजेको अवस्थामा फेला पारेको थियो ।

मृतक राना अटो चालक र मदिरा खाने भएकाले श्रीमतीसंग निरन्तर विवाद भईरहने र १३ मंसिर बिहान पनि विवाद भएको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता जोशीले उक्त घटना शस्कापद लागेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रानाकी श्रीमती जनकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बताए ।

प्रारम्भिक अनुसन्धानकै क्रममा जानकीले श्रीमानलाई आफुले सुतेका बेला ईटा प्रहार गरेर हत्या गरेको स्वीकार गरेकी छिन । प्रहरीले घटनाको अनुसन्धान गर्नका लागि जनकको अदालतबाट १०दिनको म्याद थपेको छ । राना दाम्पतीका १ छोरी छिन ।

क्षणभरमै श्रीमान श्रीमतीविच वाद विवादले हत्यामा परिणत भएपछि राना परिवारमा बज्रपातका साथै छोरीको विचल्ली भएको छ । प्रहरीलाई आएको प्रारम्भिक सुचनाकै भरमा प्रहरी अघि बढेको भए श्रण भरमै हत्याराले उन्मुक्ति पाउने अवस्था भएपनि प्रहरीको चलाखीपन गम्भिरताले सियारामका हत्यारा पक्राउ गर्न प्रहरी सफल भएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । केही बर्ष अघि बेलौरीमै एक अर्की महिलाले पनि श्रीमानको हत्या गरिदिएका थिए । पछिल्ला बर्षहरुमा श्रीमानले श्रीमती श्रीमतीले श्रीमानको हत्याक्रम कञ्चनपुरमा बढिरहेका छन ।

समाजमा बढिरहेको अमानवियताले श्रीमान श्रीमती एक अर्काका हत्यारा बनिरहेका छन । यसरी श्रीमतीबाट श्रीमान र श्रीमानबाट श्रीमतीको हत्या प्रकरणले समाज आक्र्रान्त बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित