बेलौरीमा कवाड संकलन ठेक्का नहुँदा मनपरी, दुई वर्षसम्म ठेक्का सम्झौता भएन

केशब भट्ट, १३ मंसिर, बेलौरी। कञ्चनपुरको बेलौरी नगरपालिकामा दुई वर्षदेखि कवाड संकलनका लागि ठेक्का सम्झौता नहुँदा अव्यवस्थित संकलन भइरहेको छ।

कवाड संकलनका लागि ठेक्का सम्झौता नहुँदा नगरमा आर्थिक चलखेलको आशंका उब्जिएको छ भने यसले नगरपालिकालाई राजस्व घाटा समेत पुर्याएको छ।

नगरमा विगतदेखि वर्तमानसम्म आर्थिक वर्ष २०७९/८० मा कवाड संकलनका लागि ४ लाख ७५ हजारको आधार मूल्यमा ठेक्का आव्हान गरिएको थियो। बढाबढ प्रक्रियामा ठेक्का करिब १७ लाखमा सम्झौता भएको थियो। तर आर्थिक वर्ष २०८०/८१ मा ठेक्का आव्हान गरिए पनि कुनै निवेदन प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले जानकारी दिए।

त्यसयता चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का नै आव्हान गरिएको छैन। नगरप्रमुख पोतिलाल चौधरीले कवाड संकलनको ठेक्का आव्हानका विषयमा आवश्यक छलफल भइरहेको र व्यवस्थापन सुधारका लागि ठोस योजना ल्याइने बताए।

“कवाड संकलन व्यवस्थापनमा नगरपालिकाबाट कमजोरी भएको छ।” नगर प्रमुख चौधरीले भने “नगरपालिकाले गतवर्षको ठेक्का रकमभन्दा १० प्रतिशत बढाएर सूचना प्रकाशित गर्नुपर्ने नियमअनुसार सूचना प्रकाशन नगरेको र यसले आर्थिक व्यवस्थापनमा कमजोरी देखिएको छ।”

नगरप्रमुख चौधरीले आगामी दिनमा यस विषयमा विशेष ध्यान दिई ठेक्का प्रक्रिया पुनः व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे।

कवाडको ठेक्का सम्झौता नहुँदा नगरपालिकालाई करिब १७–१८ लाख राजस्व संकलनमा कमि आएको छ। ठेक्का सम्झौता नभएका कारण केही व्यक्तिहरूले कर नतिरी कवाड संकलन गरिरहेका छन्। यसले नगरपालिकालाई राजस्व घाटा पुर्याएको छ। भने स्थानियहरूले आर्थिक चलखेलको गन्ध आएको भन्दै चासो व्यक्त गरेका छन्।

कवाड संकलनका सामग्रीमा प्लास्टिकका बोतल, बियर र वाइनका बोतल, फलामका वस्तुहरू, कागज खालि सिसि लगायतका सामग्री पर्छन्।

स्थानियहरूले नगरपालिकालाई कवाड व्यवस्थापन प्रभावकारी बनाउन तत्काल ठोस कदम चाल्न र आर्थिक पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित