बेलडाँडीबाट १३ ग्राम भन्दाबढी ब्राउनसुगर सहित २ जना पक्राउ

बेलडाँडी । बेलडाँडी गाउँपालिकाबाट एक भारतीय नागरिक सहित २ जना ब्राउन सुगर सहित पक्राउ परेका छन् । हिजो आइतबार बेलडाँडी गाउँपालिका वडा नं. ३ बैवाहाको ३२ नम्बर पिल्लर नजिकबाट भारतको टाटरगन्जका चुम्मन सिंह र बेलडाँडी २ का सन्दिप शाही ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १३.३९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरूलाई सोमबार जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पछिल्लो समय कञ्चनपुरको दक्षिणी क्षेत्रका खुलानाकाबाट ब्राउन सुगरको धन्दा निकै फस्टाउन थालेको छ । पहिले लुकीछिपी कारोबारीले धन्दा चलाइरहेका थिए । तर, प्रहरीले निगरानी बढाएपछि यतिखेर कारोबारीले फरक किसिमले ब्राउन सुगर बोक्न थालेका छन् ।

खुला सिमाना नै लागूऔषध ओसार पसार नियन्त्रणमा प्रहरीको मुख्य चुनौती बनेको छ । लागूपदार्थ ओसारपसार र बेचबिखन रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफैँ जागरुक हुनुपर्ने स्थानीयको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित