कञ्चनपुर, १८ मंसिर । सुदूरपश्चिम विश्वविद्यालयका एक प्राध्यापक प्रहरी नियन्त्रणमा पुगेका छन । श्रीमती कुटपिटको आरोपमा सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्ट प्रहरी नियन्त्रणमा पुगेका हुन ।
शनिबार गोरबैया स्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिटको आरोपमा माईती पक्षले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीले भट्ट बिरुद्धमा उजुरी परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
‘पृथ्वीराज भट्ट आफै प्रहरीमा आएका हुन, ‘उनले भने, ‘अनुसन्धानलाई सघाउँछु भनेका छन, प्रहरीले पनि अनुसन्धान अघि बढाउँछ ।’
श्रीमानको कुटाईबाट घाईते भएकी जयन्तीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । प्राज्ञिक थलो सुप विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले श्रीमती जयन्ती भट्टलाई महिला हिन्सा बिरुद्धको अभियान चलेकै बेला कुटपिट गरेर घटना बहिरीएसंगै जयन्ती कार्यरत महेन्द्रनगर मावि, शिक्षक संघ संगठन, शिक्षक महासंघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन सहित विद्यार्थी संघ संगठन महिला अधिकारकमीले पटक पटक श्रीमती कुटेर प्रहरीमा मिलापत्र गर्ने भन्दै अब कानुनी दायरमा ल्याउनुपर्नेमा जोडदिएका छन ।
सुपविका उपप्राध्यापक पृथ्वीराज भट्टले भने, आफ्नो घर परिवार आफन्तसग समान्य विवाद हुँदा आफुले श्रीमतीलाई नकुटेको दावि गर्दै आएका छन । यद्यपी माईती पक्षले भने, कुटपिटकै कारण जयन्ती अस्पतालमा उपचारार्थ रहेको जनाएका छन । कक्षा कोठामा पढाउने शिक्षक यसरी प्रहरी नियन्त्रणमा भएपछि विद्यार्थी मारमा परेका छन ।
Discussion about this post