एनपिएलमा सुदूरपश्चिमको सानदार सुरूवात

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरूवात गर्दा विराटनगर किंग्स लगातार दुई खेलमा पराजित भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित ग¥यो ।

सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा ९२ रनमै अलआउट भयो । विराटनगरले कुनै बेला सम्हालिएर ब्याटिङ गर्न सकेन । ओपनिङ ब्याटर मार्टिन गप्टिल गोल्डन डकआउट भएसँगै विराटनगरको विकेट जाने क्रम सुरु भएको थियो ।

अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका गप्टिललाई स्कट कुगेलेइनले तेस्रो बलमै बोल्ड गरे । दुई ओभरपछि ओपनर लोकेश बम पनि २ रनमा ब्रान्डन मक्मलेनको बलमा विकेटकिपर विनोद भण्डारीबाट स्टमपिन भए । निकोलास किर्टोनलाई कुगेलेइनले चौथो ओभरमा ५ रनमा क्याच हुँदा विराटनगरले खराब सुरुवात गरेको थियो ।

राजेश पुलामी मगर १५ रनमा रनआउट भए भने बसिर अहमदले २८ बलमा २४ रन जोड्न सके । इस्मत आलम ६ रनमा बोल्ड भएका थिए । बसिर र इस्मत दुवैलाई सुदूरपश्चिमका अभिनास बोहराले एघारौं ओभरमा आउट गरे ।

प्रतिश जिसी १ रन र कप्तान सन्दीप लामिछाने ८ रन जोडेर आउट भए । क्रिस सोल ९ रनमा आउट हुँदा अनिल खरेलले नटआउट १० रन बनाए । बलिङमा सुदूरपश्चिमका कुगेलेइन र अभिनासले ३–३ विकेट लिए । कुगेलेइनले ४ ओभरमा ३० रन दिँदा अभिनासले ३ ओभरमा १७ रन दिए । सइद जइब, मक्मलेन र इशान पाण्डेले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । दीपेन्द्रले २४ बलमा नटआउट ५७ रन जोडेका हुन् । अन्तिम दुई बलमा प्रतिश जिसीलाई लगातार दुई छक्का प्रहार गरेका उनले कुल ३ चौका र ५ छक्का प्रहार गरे ।

टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दीपेन्द्रको उत्कृष्ट ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा १८२ रन जोड्यो । जारी प्रतियोगितामा यो अहिलेसम्मकै ठूलो स्कोर हो । सुदूरले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो ।

त्यसअघि सुदूरपश्चिमको ओपनर भने चल्न सकेनन् । अमृत श्रेष्ठ १ रनमा दोस्रो ओभरमै आउट भए । उनलाई इस्मत आलमले मार्टिन गप्टिलबाट क्याच गराए । २० बलमा २३ रन जोडेका अर्का ओपनर विनोद भण्डारी पाँचौ ओभरमा पेभिलियन फर्के । चार चौका प्रहार गरेका भण्डारी अनिल खरेलको बलमा प्रतिश जिसीको हात बाट समातिए । अर्को ओभरमा आरिफ शेख ९ रनमा आउट भए । आरिफले बसिर अहमदको बलमा प्रहार गरेको बललाई निकोलास किर्टनले उत्कृष्ट क्याच गराएका थिए ।

त्यसपछि साइफ जइब र ब्रान्डन मक्मलेनले सुदूरको इनिङ सम्हाले। अनिल खरेलबाट बोल्ड हुनुअघि जइबले १५ बलमा १४ रन प्रहार गरे। मक्मलेन २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाएर आउट भए। उनी पनि अनिल खरेलकै बलमा १३औं ओभरमा क्याच भए ।

मक्मलेन आउट भएपछि इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबीच छैटौं विकेटको क्षतिमा ४९ रनको साझेदारी भयो । तीन रन लिने क्रममा इशान पाण्डे १७औं ओभरको पाँचौ बलमा रनआउट भएका थिए । इशानले १६ बलमा २ चौका र १ छक्काको मद्दतमा २१ रन जोडे ।

स्कट कुगेलेइनले ६ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए । अन्तिम ओभरमा दीपेन्द्रलाई साथ दिएका बसन्त खत्रीले नटआउट ४ रन जोडे । बलिङमा विराटनगरका अनिल खरेलले ३ विकेट लिए । अस्ट्रेलियामा बसेर क्रिकेट खेलिरहेका अनिल एनपिएलका लागि नेपाल आएका हुन् । उनले चार ओभरमा २६ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित