माधब पौडेल,१९ मङ्सिर। कञ्चनपुरको बेलौरी बजारदेखि रिछाहसम्मको हुलाकी सडक निर्माणको काम अगाडि बढाउनका लागि सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले निर्माण कम्पनीका प्रतिनिधि, संघीय खानेपानी तथा ढलनिकास कार्यालयका प्रतिनिधि,स्थानिय र जनप्रतिनिधिको उपस्थितिमा बेलौरी नगरपालिका कार्यालयको नगर उपप्रमुखको कार्यकक्षमा बोलाई बृहत छलफल गरी सडक निर्माणको काम मङ्सिर २७ गतेदेखि सुरु गर्ने लिखित सहमति भएको छ।
निर्माण कम्पनी मृत संजीवनी ग्याल्बो थेगिङ्ग जे बी का प्रमुख हरिहरदेव पन्त, प्रतिनिधि खगेन्द्र पाण्डेय, बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी,नगर उपप्रमुख जोगराम चौधरी,वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, संघीय खानेपानी तथा ढलनिकास कार्यालयका इन्जिनियर पवन भट्ट,एमाले नेतृ कमला बोहरा लगायत स्थानियको उपस्थिति रहेको थियो।
हुलाकी सडक निर्माण गर्ने कम्पनीले रिछाहदेखि बेलौरी बजारको तौला राना चोक सम्मको बाटो अलपत्र छोडेर भागेपछि हिडडुल गर्न समेत निकै सास्ती भोग्न परेको स्थानिय दानसिंह रानाले जानकारी दिनुभयो।
स्थानियहरुले पटक पटक नगरप्रमुख चौधरीलाई भेटी बाटो निर्माणको काम अगाडि बढाइदिन आग्रह गर्दा समेत सुनुवाई नगरेको भन्दै स्थानियहरुले मङ्सिर ९ गते सडक अवरुद्ध गरेपछि बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी र स्थानीय प्रशासनले निर्माण कम्पनीका प्रतिनिधिले ३ दिनभित्र निर्माणको काम अगाडि बढाउने आश्वासन दिएर अटेरी गरेपछि पुन: मङ्गलबार सडक अवरोध गरेपछि महेन्द्रनगरबाट बेलडाँडी हुँदै धनगढी जानेक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले बाटो अवरोध भएको देखेपछि नगरप्रमुख चौधरीलाई फोन गर्दा उठेन।
प्रदेशका माननीय र नगर उपप्रमुखलाई फोन गरेर समस्याबारे जानकारी गराएपछि रावलले निर्माण कम्पनीका प्रमुख हरिहरदेव पन्तलाई टेलिफोन सम्पर्क गरी सडक निर्माणको काम ३ भित्र निर्देशन दिएका थिए। केही समयपछि अवरोध स्थलमा बेलौरी नगरपालिकाका उप प्रमुख जोगराम चौधरीले तत्काल सडकमा पानी छर्किने र बुधबार सडक निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाई छलफल गर्ने प्रतिबद्दता गरेका थिए।
बृहत छलफल भएपछि सडक निर्माण सुरु नहुँदा सम्म नगरपालिकाले पानी छर्किने र हुलाकी सडकमा नाली व्यवस्थापनका लागि पहल गर्ने लिखित सहमति भएको छ।कम्पनीका प्रतिनिधि खगेन्द्र पाण्डेयले ढलनिकासका लागि खनिएको अन्तर्गतको हुलाकी सडक बाटोमा हामीले मङ्सिर मसान्त सम्म ग्रावेल गर्ने र फागुन महिनामा कालोपत्रे गर्न सकिने बताउनुभयो।
Discussion about this post