स्थानीय तह कर्मचारी युनियन नेपालका सुप्र अध्यक्ष पाण्डेयद्धारा जन्मदिनको अवसरमा विरामीलाई फलफुल वितरण, शुभकामना दिनेको ओइरो

बेलौरी । स्थानीय तह कर्मचारी युनियन नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष अशोक पाण्डेयले आफ्नो जन्मदिनको अवसरमा विरामीलाई फलफुल वितरण गरेसंगै जन्मदिनको अवसरमा विभिन्न क्षेत्रबाट शुभकामना व्यक्त गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कर्मचारी अधिकारका पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका पाण्डेयलाई साथीभाइ, शुभचिन्तक, सहकर्मीहरू तथा युनियनका सदस्यहरूले शुभकामना दिएका छन् । जन्मदिनको अवसरमा उहाँको दीर्घायु, सफलता, तथा सुदूरपश्चिमको विकासमा उहाँको निरन्तर योगदानका लागि शुभेच्छा व्यक्त गरिएको छ ।

पाण्डेय विगतदेखि नै कर्मचारी हकहित, सेवा सुधार र समृद्ध समाज निर्माणका लागि सक्रिय रहँदै आउनुभएको छ । जन्मदिनको यो विशेष अवसरमा उहाँले आगामी दिनमा झन् सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित