मदन चोकका २२ सटर नबनाउन ५ राजनीतिक दल र ८ संगठनको एकमत

कञ्चनपुर । कञ्चनपुरमा सक्रिय ५ राजनीतिक दल र ८ संगठन भीमदत्त नगरपालिकाको मदन चोकका २२ सटर नबनाउन एकमत भएका छन् । उनीहरुले हिजो सयुक्त विज्ञाप्ती निकाल्दै २२ सटर भत्काएको स्थानमा फुट निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।

भीमदत्त नगरपालिकाले फुटपाथ निर्माण कार्य सुरु गरी अचानक स्थगित गरेपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै फुट निर्माण कार्य अघि बढाउन माग गरेका हुन् ।

पाँच दलले नगरपालिका कार्यालय आफैंले निर्देशन दिएर सुरु गरेको फुटपाथ निर्माण कार्य स्थगित गर्नका लागि कार्यालयबाट सूचना सार्वजनिक गर्ने कार्य भत्र्सना योग्य भएको ठहर गरेका छन् । ती दलले २२ सटर भत्काइएको स्थानमा फेरि सटर नबनाउन एक हुँदै, फुटपाथ बनाउनु भीमदत्त नगरपालिका सित आग्रह गरेका छन् ।

भीमदत्त नगरपालिकाले सार्वजनिक सूचना गरी २२ सटर निर्माण प्रक्रिया थालेपछि माओवादी केन्द्र सहित दलका युवा विद्यार्थीहरुले पनि विरोध जनाएका छन् । युवा विद्यार्थीले लगातार विरोध गरी दबाव दिएपछि केही दिन अघि फुटपाथ निर्माण सुरु गरिएको थियो ।

नगरपालिकाले अचानक फेरि निर्माण कार्य स्थगिन गर्न सार्वजनिक सूचना गरेपछि युवा विद्यार्थीसंगै राजनीतिक दल संयुक्त रुपमा विरोधमा देखिएको कुरा नेकपा बहुमतका युवा नेता दिपेन्द्र सिह ऐरीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार मदन चोकका सटर लगायतका तमाम संरचनाहरु नगरपालिकाले भत्काईसकेपछि पुन नगरपालिकाले २२ वटा व्यवसायीक सटरहरु मापदण्ड नपुग्दा नपुग्दै पनि सडक छेउमा रहेको १.७० से मि फुटपाथ पनि मिचेर त्यहि ठाउँमा सटरहरु बन्नुपर्छ भन्ने बिषय प्रति हामी संयुक्त राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

उनीहरुले जारीगरिएको सयुक्त विज्ञप्ती यस्तो छ : कञ्चनपुर को भिमदत्त नगरपालिका स्थित रहेको महेन्द्रनगर बजार एरियामा एसियाली विकास बैंक द्वारा निर्माणाधीन अवस्थामा रहेको सडक कार्य निर्माण गर्ने बेला सडक विस्तार गर्न आवश्यक ठाउँ नपुगेपछि मदन चोकमा रहेका २२ वटा सटर भत्काईएर सडक विस्तार गरेको कुरा आम जनसमुदाय मा अवगत नै छ ! मदन चोक का सटर लगायतका तमाम संरचनाहरु नगरपालिकाले भत्काईसकेपछि पुन नगरपालिकाले २२ वटा व्यवसायीक सटरहरु मापदण्ड नपुग्दा नपुग्दै पनि सडक छेउमा रहेको १.७० से मि फुटपाथ पनि मिचेर त्यहि ठाउँमा सटरहरु बन्नुपर्छ भन्ने बिषय प्रति हामी संयुक्त राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

भीनपाले मौखिक निर्देशन दिएर निर्माण कम्पनीले फुटपाथ निर्माण गरिरहेको दोस्रो दिन फुटपाथ कार्य तत्काल का लागि स्थगित गर भनेर निकालेको सुचना भत्र्सनायोग्य रहेको हाम्रो ठहर छ । तत्काल फुटपाथ कार्य अगाडि बढाउन जोडदार माग गर्दै फुटपाथ कार्यमा बाधक बनेका त्यस्ता ठाउहरुलाई पनि सफाइ गरि पुर्णरुपमा फुटपाथ कार्य अगाडि बढाईयोस् भनी भिनपा सरकार लाई अनुरोध गर्दै मापदण्ड नपुग्दा पुग्दै त्यहि ठाउँमा सटर बनाउन उचित नरहेको कुरा सबै भिनपा बासिहरुमा यो सयुक्त वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं, र भिनपालाई मदन चोकमा सटर निर्माण नगर्न अपिल गर्दछौं, साथै व्यवसायीहरुको पनि उचित व्यवस्थापन गर्न पनि अनुरोध गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित