पत्रकार महासंघ कञ्चनपुरको २१औँ बार्षिक साधारण सभा

सुनिल राना, मंसिर २२ । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा पत्रकार महासंघ कञ्चनपुरको २१ औँ साधारण सभा तथा ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

साधारण सभामा पत्रकार महासंघका पुर्व पत्रकारी अग्रज पत्रकारले मर्यादित भएर आचार संहिता अनुरुप कामकाजमा जोडदिएका छन । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष एव अग्रंज पत्रकार चित्राङ्ग थापाले पछिल्ला बर्षहरुमा पत्रकारिता क्षेत्र चुनौतीपुर्ण रुपमा अघि बढेसंगै ईमान्दारितापुर्वक कामकाज गर्न सुझाव दिएका छन ।

नेपाल पत्रकार महासंघ सुप प्रदेशका महासचिव रामसिह ठगुन्नाले प्रदेश समितिले पत्रकारको बृद्धि विकासका लागि थुप्रै कामकाज गरेको बताए । पत्रकार महासंघ सुप प्रदेशका अध्यक्ष योगेश रावलले पत्रकारिता चुनौतीपूर्ण रुपमा अघि बढिरहेका बेला पत्रकारले प्रभावकारी कामकाजमा जोडदिए ।

कार्यक्रममा कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश राजेन्द्र भण्डारीले पत्रकारिता क्षेत्र निष्पक्ष, स्वच्छमा जोडदिएका छन । महासंघको उद्घाटन सत्रपछि बन्दसत्रबाट तीनै तहको पत्रकार महासंघको २८मंसिरमा हुन लागेको निर्वाचन सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्ने, पत्रकार सुरक्षा हकहित सुरक्षा गरिने, पत्रकारिता हकहितका लागि सम्पूर्ण पत्रकार एकजुट हुनुपर्ने, पत्रकारिता स्वच्छ पेशा बनाउनेतर्फ उन्मुखमा एजेण्डा पारित गरेका छन ।

पत्रकार महासंघ सचिव राजेन्द्र प्रशाद अवस्थीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयदेव जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले आफ्नो कार्यकाल सफल पार्नका लागि भूमिका निर्वाहमा सहयोग गर्नेप्रति आभार प्रकट गरेका छन । साधारण सभामा पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित