सुदूरपश्चिमले कर्णालीलाई हराएसँगै प्लेअफ समिकरण पूरा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समिकरण पूरा भएको छ। सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भएको हो।

लिग चरणको २८ खेल सकिदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो । चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो ।

८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पार्दै बाहिरियो। यसअघि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्स अन्तिम खेल खेल्नुअघि नै बाहिरिएका थिए । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन्। तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्नेछन्।

बुधबार विहान इलिमिनेटर र दिउँस पहिलो क्वालिफायर हुनेछ। इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। यस्तै पहिलो क्वालिफायर जित्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ।

दोस्रो क्वालिफयार जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफाइर बिहीबार हुनेछ भने फाइनल शनिबार हुनेछ । सेतोपाटीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित