बेलडाँडी, १ पुस । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको बैजनाथ माध्यमिक विद्यालयमा आज सोमवार अभिभावक अभिमूखीकरण कार्यक्रम आयोजना भएको छ । कार्यक्रमका वीच प्रसिद्ध मोटिभेटर तथा अभिभावक शिक्षा अभियन्ता क्षेत्रप्रशाद ज्ञवालीले विभिन्न भावनात्मक विषयमा मोटिभेट गर्दा उपस्थित शिक्षक अभिभावक धुरुधुरु रुवाएका छन् ।
अहिलेको परिवेश अनुसार अभिभावकले पाउनुपर्ने ज्ञानका विषयमा मोटिभेटर ज्ञावालीले आमा शब्द देखि कस्तो अभिभावक बन्ने भन्ने विषयमा प्रेरक भनाई प्रस्तुत गर्दा अभिभावकको आखाँमा पिलपिल आशु आएका थिए । आश्रमबाट आमाको चिठ्टी पढ्दै मोटिभेटर ज्ञावालीले अभिभावकलाई रुवाएका थिए भने श्रीमान श्रीमती वीचको प्रेमको करा गर्दा हसाएका थिए ।
Discussion about this post