शित्तल भट्ट, पुष ३ । कञ्चनपुरको बेलौरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । मगलबार बेलौरी नगरस्तरीय पाँचौँ तथा पन्धौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ०८१ सम्पन्न भएको हो ।
यस बर्ष ०८१ मा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न गर्ने बेलौरी पहिलो नगरपालिका भएको जनार्इैएको छ । नगरपालिकाको र बेलौरी नगर खेलकुद समितिको आयोजना ३०मंसिरदेखि शुरु भएको प्रतियोगिता २ पुषमा आएर समापन भएको छ । बेलौरी खुला मञ्चमा पालिका स्तरको छनौट प्रतियोगिता सम्पन्न भएको बेलौरी नगर खेलकुद समितिले जनाएको छ ।
बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने विद्यालय स्तरबाट छनौट भए आएर विभिन्न विद्यामा भएको खेलकुद प्रतियोगिता पालिका स्तरमा समेत सम्पन्न भएको बताए । उनका अनुसार नगरका निजी सरकारी गरेर २६ विद्यालयको सहभागिता रहेको थियो ।
लक्ष्मी मावि जबदिया र शान्ति मावि शान्तिपुरले बढि विद्यामा स्वर्ण पदक ल्याएका छन । लक्ष्मी मावि जबदियाले लङजम्प, ४ सय मिटर छात्र दौड,ज्याबलिङ थ्रो छात्र, छटफुट छात्र,८सय मिटर दौडमा स्वर्ण प्रदक ल्याएको छ ।
जिवन रेखा विद्या मन्दिरले लङजम्प छात्रले स्वर्ण पदक, महाकाली माविले ४सय मिटर छात्रा दौड, शान्ति माविले सटपुट छात्रा,८सय मिटर दौड छात्रा,१५सय मिटर दौड छात्र, १५सय मिटर छात्र, १सय मिटर दौड छात्रा, त्रिपल जम्प छात्रा र भगवानपुर माविले छात्र तर्फ स्वर्ण ल्याएका छन ।
प्रतियोगितामा स्वर्ण, कास्य रजत ल्याउने सहभागि विद्यालयका खेलाडी छात्रछात्रालाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलौरी नगरका मेयर पोतिलाल चौधरीले पढाईका अतिरिक्त विद्यार्थीको बृद्धि विकासका लागि खेलकुद प्रतियोगिताले थप टेवा पुगेको बताए ।
मेयर चौधरीले आगामी दिनमा समेत पालिकाले समेत खेलकुद प्रतियोगिता प्रर्बद्धनका लागि कार्यक्रम गर्ने बताएका छन । बेलौरी चौधरीले अब बेलौरीबाट जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमै उत्कृष्ट स्थान हासिलको कामना समेत गरेका छन ।
उद्घाटन र समापन कार्यक्रममा विद्यालय, खेलाडी, शिक्षक, जनप्रतिनिधी सरोकारवालाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
Discussion about this post