कञ्चनपुर जिल्ला प्रमुखद्धारा कञ्चनपुरको दक्षिणी क्षेत्रको खुल्ला सीमा अनुगमन

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग जोडिएको खुल्ला सीमा क्षेत्रको कञ्चनपुर जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिले आज बुधवार अनुगमन गरेको छ ।

खुल्ला सीमा नाकामा हुने गतिविधीका बारेमा बुझ्न अनुगमन थालिएको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो । अनुगमन टोलीमा प्रजिअ सापकोटा, प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल उपरीक्षक खगेन्द्र चन्द, नेपाली सेनाका साहयक रथी, राष्ट्यि निकुञ्ज प्रमुख, जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार ७८७ आसपासका पिल्लरहरुको स्थलगत अनुगमन गरेको बताए । अनुगमनका क्रममा २८ नं. जंगे पिल्लर आसपासका सव पिल्लर दुबै देशका सर्वेडिपाटमेन्टको सयुक्त अनुगमनबाट गाडीने बताउनु भयो । ‘नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिल्लरको अवस्था बुझ्न तथा सीमामा हुने गतिविधिको बारेमा बुझ्न स्थलगत अनुगमन गरिएको हो’,।

अनुगनका क्रममा भारतीय किसानले ५ दशक भन्दा लामो सयम देखि ७८७ नं. पिल्लर शुक्लाफाँटा राष्ट्यि निकुञ्ज आसपास क्षेत्रमा खेती गर्दै आएको पाइएको छ । केहि दिन पहिला अतिक्रमण गरि खेती गरिरहेको अवस्थामा निकुञ्जले २ जना भारतीयलाई नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित