बैतडीको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय बोहराद्धारा लाखौं रकम अनियमितता

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह बोहराले लाखौं रकम अनियमितता गरेको देखिएको छ । नि.प्रमुख बोहराले आफु खसी नियम विपरित भ्रमण भत्ता खाएको पाइएको छ ।

त्यति मात्र होइन डिलौशैनी गाउँपालिकामा बोहराकै पालामा विभिन्न र्शिषकमा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले आर्थिक बर्ष २०७९।८०मा निकालेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । भ्रमण अभिलेख – भ्रमण खर्च नियमावली २०६४ को नियम २१ मा भ्रमणमा खटिने कर्मचारीको भ्रमण प्रारम्भ गरे पछि सम्बन्धित कार्यालयले अनुसूचि – ६ बमोजिम म.ले.प फारामको प्रयोग गरी अभिलेख राखु पर्ने ब्यवस्था छ । कार्यालयले आर्थिक बर्ष २०७९।८० मा भ्रमण गरेका कर्मचारीहरूको भ्रमण अभिलेख राखे र भ्रमण पश्चातको भ्रमण प्रतिबेदनलाई अनिवार्य गरेको देखिएन । यस तर्फ पालिकाले ध्यान दिनुपर्दछ ।

भ्रमण आदेश स्विकृत – भौचर नं २०३।२०८०।३।३० प्रमुख प्रशासकिय अधिकृतले कार्यरत गाउँपालिका क्षेत्रमा भ्रमण गर्दा ७ दिन सम्म आफै सो भन्दा बढी अवधिको तथा आफु कार्यरत क्षेत्र भन्दा बाहिर भ्रमण गर्दा गाउँपालिका अध्यक्षबाट भ्रमण आदेश स्विकृत गराएर मात्र भ्रमण गर्नु पर्दछ । नि.प्र. प्रशासकिय अधिकृत गणेश सिंह बोहराले विभिन्न मितिमा भ्रमण आदेश आफैले स्वीकृत गरी पालिका बाहिरको भ्रमण खर्च भुक्तानी लिएको रकम २ लाख नियमसम्मत नदेखिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यति मात्र होइन बोहराकै पालामा बोहरा सहित अनुगमनका नामले ६ लाख ७३ हजार ४ सय रुपैया विना प्रमाण पेश गरेर पालिकाका पदाधिकारीहरुले बुझेको प्रमाण समेत फेला परेको छ । पालिका भित्रका जनप्रतिनिधले गाडीभाडा सेवा सुविधा लिइराख्दा समेत गाडीभाडा बाफत १९ लाख ३८ हजार नियमविपरित निकाशा भएको देखिएको छ ।

यस्तै महिला हिंसा न्युनिकरणका नाममा ५ लाख ३२ हजार ५ सय कुनै प्रमाण पेश नगरि आरती फाउण्डेशन नेपाललाई दिएको देखिएको छ । यस्तै धेरैकुरामा डिलाशैनी गाउँपालिकाले आर्थिक अनियमितता गरेको देखिएको छ । यस विषयमा हामीले प्रमुख प्रशासकीय अधिकृति गणेश सिंह बोहरालाई कल गर्न खोज्दा उहाँको मोवाईल स्वीच अफ गरेको थियो ।

पुरा विवरण हेर्न यहाँ हेर्नुहोस https://oag.gov.np/local-level/search-report/ne?province=8&district=79&local_level=735&year=11

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित