दीर्घ राज ओझा/पुनर्बास, ७ पुस । कञ्चनपुरको दक्षिण भेग पुनर्बास नगरपालिका वार्ड नम्बर ११ स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुल पुनर्वासमा निशुल्क आखा शिविर समपन्न भएको छ ।
शनिबार पुनर्बास नगरपालिका–११, स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुलको आयोजना तथा लायन्स क्लब अफ धनगढी सिटि एबम नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिवसीय निःशुल्क आखा शिविर सम्म्पन्न भएको हो ।
बिहान साँढे ९:०० बजेबाट स्कुलकै प्राङ्गणमा निःशुल्क आखा चेकजाँच तथा परामर्श सेवा शिविर सञ्चालन गरि समापन भएको प्रिन्सिपल दिर्घराज ओझाले जानकारी दिनुभयो ।
प्रिन्सिपल ओझाले बिधार्थीहरुसँगै अभिभावकहरुले र नगरबासी तथा वडा बासीले पनि शिविरमा सहभागी भई ३ सय २० जनाले स्वास्थ्य लाभ लिएको बताउनु भयो ।
बिद्यार्थीहरुको चौतर्फीमा ध्यान दिदै आएको बिध्यालयले स्वास्थलाई मध्य नजर गर्दै यो शैक्षिक सत्रमा आँखा सिबिर राखिएको थियो । गत बर्ष दन्त सिबिर गराएको थियो। बिद्यालयले यस्ता सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ।
Discussion about this post