भीमदत्त ११ मा एसइइ परीक्षा दिने विद्यार्थीका लागि निशुल्क तयारी कक्षा सञ्चालन हुने

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा एसइइ परीक्षा दिने विद्यार्थीहरूका लागी निशुल्क तयारी कक्षा सञ्चालन गरिने भएको छ।

भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापाले आफ्नो निजी लगानीमा एसइइ दिने विद्यार्थीहरूलाई निशुल्क तयारी कक्षा सञ्चालन गराउन लागेका हुन्।

तिन महिना सम्म सञ्चालन गरिने निशुल्क तयारी कक्षामा विद्यार्थीहरूलाई गणित र विज्ञान विषयको तयारी गराइने वडा अध्यक्ष थापाले बताए। वडामा शैक्षिक गुणस्तर थप प्रभावकारी बनाउन तयारी कक्षा सञ्चालन गरिन लागेको उनले बताए। उनले भने ‘शैक्षिक गुणस्तर सुधार गर्न एसइइ दिने विद्यार्थीहरूका लागि तिन महिने तयारी कक्षा सञ्चालन गर्ने भएका हौँ। यसले पक्कैपनि उनीहरूको परीक्षामा सहयोग पुग्ने विश्वास मैले लिएको छु।’

वडा अध्यक्ष थापाले गत वर्ष पनि वडामा आफ्नो निजी लगानीमा वडामा तयारी कक्षा सञ्चालन गराएका थिए। जसमा वडा भित्र र अन्य वडाका ५७ जना बालबालिका सहभागी भएका थिए। वडा अध्यक्ष थापाले वडामा शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक कार्यहरूलाई निरन्तरता दिइरहेका छन्।

गत वर्ष विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले वडा अध्यक्ष थापाले निशुल्क तिन महिने बेसिक कम्प्युटर कोर्स समेत सञ्चालन गराएका थिए। तिन महिने बेसिक कम्प्युटर कोर्समा वडा भित्रका ५० जना बालबालिका सहभागी भएका थिए।

आगामी दिनमा पनि वडामा शिक्षाको गुणस्तर वृद्धि गर्न तथा दक्ष जनशक्ति निर्माण गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गरिने वडा अध्यक्ष प्रकाश थापाले बताएका छन्। यस वर्ष पनि निशुल्क तयारी कक्षा सञ्चालन हुने भएपछि वडाका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू हर्षित बनेका छन्। वडा अध्यक्ष थापाले वडामा विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित