क्रिसमसको अवसरमा सुदुरपश्चिमेली नेपाली समाज क्रोसियाद्वारा भलिबल आयोजना हुने

क्रोसिया–वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको संगठन सुदुरपश्चिमेली नेपाली समाजको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ ।

डिसेम्बर २६ तारिखका दिन दोस्रो संस्करण अन्तर्गत भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको समाजका कोषाध्यक्ष चेतन बि.सी.ले जानकारी दिए ।

समय अभावका कारण भलिबल प्रतियोगिताको उद्घाटन र समापन त्यहि दिनमा गरिने उनले बताए ।
प्रतियोगिता विहान ७ बजे देखि राति १० बजेसम्म संचालन हुने समाजका अध्यक्ष बासुदेव ओझाले बताए ।
प्रतियोगितामा ईन्ट्री गर्ने टिमलाई नेपाली ४३ हजार ५ सय रुपैयाँ तोकिएको जसमा प्रथम पुरस्कार ४ लाख ५३ हजार ९ सय ९५ रुपैँया र द्धितिय पुरस्कार २ लाख १९ हजार ६ सय ७५ रुपैँया सहित ट्रफी,मेडल प्रदान गरिने आयाजकले जनाएको छ ।

प्रिसाभ्लजीको जारेबमा सञ्चालन हुने सो प्रतियोगिता प्रदेशी साथीभाईहरुसँगको सम्बन्धलाई प्रगाढ बनाउन हरेक वर्ष यसै समयमा आयोजना गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित