विश्व रेकर्ड कायम गर्ने भीमदत्तका रेभ.डा.नरिराम लुहार (विनोद) लाई धनगढी विमानस्थलमा भव्य स्वागत

सुजित सिनाल/कञ्चनपुर । विश्व रेकर्ड कायम गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेवका रेभ.डा.नरिराम लुहार (विनोद) लाई धनगढीको विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उहाँले ३ बर्षको समयावधीमा २२ वटा किताब लेखेर विश्व किर्तिमान राखेको भन्दै काठमाण्डौमा पौष ७ गते सम्मान पनि गरिएको थियो । छोटो समयमा धेरै पुस्तक लेखेर जेनित बुक अफवल्ड रेकर्ड नै कायम गरेपछि उहाँलाई सम्मान गरिएको थियो ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै जेनित बुक अफ रेर्कडले भारत नेपाल मैत्री पशुपती धरमशाला काठमाडौमा सम्मान गरेको हो । डा. लुहार ब्रिलिएन्स अवार्ड, र बेस्ट राइटरको बिधामा जेनित बुक अफवल्ड रेकर्ड अवार्ड बाट सम्मानित हुनु भएको थियो ।

उहाँ सपरिवार पौष ८ गते सोमवार धनगढी विमानस्थलमा पुगेपछि उहाँका आफन्तजन स्थानियहरुले बाजागाजसहित डा.लुहारलाई स्वागत गरेका छन् । निकै चुनौती समस्याका बाबजुत आफुले यो रेकर्ड गर्न सफल भएको डा. लुहारले बताउनु भयो । सुदूरपश्चिममा गरिव परिवारमा जन्म लिएको आफुले कडा मिहिनेत गरेर सर्वाधिक विक्री भएका पुस्तक लेख्न पाउँदा खुसी भएको बताउनु भयो ।

विगतमा पनि थुप्रै पुस्तकहरु लेखेको सुनाउँदै, आफनो भावी योजनामा सबै युवायुवतीहरुले पुस्तकमा फर्कनुपर्ने वातावरण निर्माण गर्ने, र आफनो लेखन कार्यलाई यसरी नै अगाढी बढाउने बताउनु भयो । जेनित बुक अफ रेर्कडले पहिले देखी नै आफनो कामको बारेमा चासो राखेको र अहिले काठमाण्डौमा नै बोलाएर सम्मान गरेको प्रती सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

उहाँले आत्मिक स्वास्थ्यका सत्यताहरु, प्रभावकारी अध्ययन पद्धती, नेपालका प्रमुख १० धर्महरुको संक्षिप्त परिचय, १६ सय प्रतिज्ञाहरु, बाइबलका अनबिज्ञ व्यक्तित्वहरु, आधुनिक ईस्रायएलको ऐतिहासिक परिचय, पुरानो करारको झलक लगायतका दर्जनौ कितावहरु लेख्नु भएको छ ।

उहाँलाई हाई रेन्ज बुक अफ वर्ल्ड रेकर्डबाट परोपकारी कार्य गरे बापत् स्वर्ण पदक बाट तथा १२ घण्टा २२ मिनेटसम्म लगातार रुपमा बाइबलको शिक्षा दिएको कारण हाई रेन्ज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम दर्ता गराई स्वर्ण पदकद्वारा सम्मानित हुन भएको थियो ।

साथै विश्वव्यापी समाजमा सामुदायिक र मानवीय क्षेत्रमा सेवा पुरÞ्याएको कारण युनिभर्सिटी अफ डिशाईपलसिप इन्स्टिच्युट फर अपोष्टलिक मिनिष्ट्रिजले डा. नरीराम लुहार ’विनोद’लाइ ग्लोबल पिस अवार्ड“ र “युनिभर्सल सुपर स्टार’को पदवीले सम्मान गरेको तथा एमबीएलए दृष्टद्वारा सञ्चालित विश्वव्यापी प्रशिक्षक सम्मेलनमा “राष्ट्रिय शिक्षा रत्न अवार्ड“ र “ग्लोबल बेष्ट प्रोफेसर गोल्डन पीकक अवार्ड’ को पदवीले सम्मानित हुनुका साथै लण्डन बुक अफ वल्र्ड रेकर्डले स्वर्ण पदक र प्रमाण–पत्रले सम्मानित गरेको छ ।

एशिया नं. १ नोबेल लिडरसिप अवार्ड फर थियोलोजिकल स्टडिजको विजेता बन्न्ु भएको छ । डा. नरीराम लुहार विनोद’ लाई लुहार जातिमा नै पहिलो व्यक्ति भएर मात्र ३ वर्षको अवधीमा २२ वटा विभिन्न ज्ञानबर्द्धक, रोचक, आशिषमय तथा महत्वपूर्ण आध्यात्मिक पुस्तकहरु लेखेर विश्वकै साहित्यिक विधामा नयाँ कृती राख्न कलम चलाउने मौका पाई हालसम्म ती पुस्तकहरु प्रकाशनमा ल्याई संसारभरिका करिव १४८ भन्दा बढी देशहरुमा नेपाली भाषी मण्डली तथा विद्यार्थीहरुले अध्ययन गरी विभिन्न बाइबल कलेजहरुले पनि यी पुस्तकहरुलाई आफ्नो पाठ्यक्रममा समावेश गरी पठन–पाठनको कार्य गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित