बाढीका कारण राष्ट्रपति रनिङ शिल्डको तयारी र पठनपाठनमा बेलडाँडीको गणेश माविलाई सकस

बेलडाँडी, ८ पुस । बेलडाँडी गाउँपालिकाका भित्रका विद्यालयहरुमा राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा हुन थालेका छन् । जिल्लाका ९ वटा पालिकामध्ये केहि पालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ भने बेलडाँडी गाउँपालिकाले केहिदिन भित्रै र जिल्ला खेलकुद समितिले माघ भित्र राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने तयारी थालेको छ ।

खास गरी माध्यमिक तहमा पढ्ने बालबालिका प्रतियोगितामा सहभागी हुन्छन् र आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसरका रुपमा लिने गर्दछन् तर बेलडाँडी गाउँपालिका वडा नं.५ गणेश माध्यमिक विद्यालयका विद्याथीहरुलाई राष्ट्रपति रनिङ शिल्डको लागि तयारी गर्न सकस भएको छ । गत असाढ २४ गते आएको बाढीले विद्यालयको खेलमैदानमा मरुभूमि सरह बालुवा बालुवा भरिदिएपछि खेलकुद लगायत पठनपाठनमा समेत समस्या हुदै आएको छ ।

पालिकाको सहयोगमा विद्यालयले बाढीका कारण खैलमैदानमा भएको पटानीलाई केहि मिलाएपनि त्यहाँ खेलकुद गर्न निकै समस्या भएको विद्यालयका शिक्षक दिल बहादुर सिंहले जानकारी गराउनु भयो । उहाँका अनुसार खैलमैदानमा भएको पुरै माटोलाई हटाउन सके राम्रो हुने थियो त्यसो गर्न धेरै बजेट आवश्यकता पर्ने भएकोले त्यस्तैमा खेलडाँडीहरु वीच प्रतिस्पधा गराइ छनौट गरिरहेको जनाउनु भयो ।

खेलमैदान राम्रो नहुदा विद्यालयमा बालबालिका र खेलाडीलाई खेल्ने र सिक्ने वातावरण राम्रो छैन । तरपनि विद्यालयले राम्रो खेलाडी उत्पादन गर्ने प्रयास गरिरहेको छ ।

हुन त खेलमैदानका कुरा गर्ने हो भने अन्य विद्यालयमा समेत गतिला खेलमैदान छैनन् । पालिकाले आयोजना गर्ने विद्यालयस्तरीय प्रतिस्पधा गराउने समयमा पनि लगातार पठनपाठनमा समस्या हुने गरेको छ । बेलडाँडी गाउँपालिकाले यति बेला आफ्नै खेलमैदान निर्माणगर्ने जमर्को थालेको थियो तर अतिक्रमित खेलमैदान क्षेत्रमा बस्दै आएकाहरुलाई चिसोमौसम भएका कारण अन्यन्त्र घर निर्माण गर्न दुःख हुने हुदा चिसो कटेपछि काम थाल्ने पालिकाले जनाएको छ । बेलडाँडीमा खेलमैदान निर्माण भएपछि बेलडाँडी खेलकुद संग जोडएिका धेरै समस्या समाधान हुने स्थानीयको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित