कञ्चनपुर-कञ्चनपुर प्रहरीले अधिल्लो राती भीमदत्त नगरपालिका १९ बागफाँटा क्षेत्रबाट गैर कानुनी रुपमा जुवाखालबाट जुहाडे सहित लाखौँ रकम बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले बागफाँटा क्षेत्रमा १९ जुहाडे सहित लाखौँ रकम बरामत गरेको बताए ।
प्रहरीले समाजमा हुने शान्ति सुरक्षा बिरुद्धका गतिबिधीमा सरानिय काम गरेपनि दुईदिनसम्म जुहाडे पक्राउ परेको स्थान र नाम सार्वजनिक गर्न आलटाल गरेपछि प्रहरीमाथि नै शंका गरिएको छ । कञ्चनपुर प्रहरी ठुला वडा जुहाडे सामु निरही भएको हो, वा के कारण घटना बारे सार्वजनिक नगरेको भन्दै स्थानीयले उल्टै प्रहरीमाथि संकाउपसंका गर्न थालेका छन । प्रहरीले घटना लुकाउन खोजेको, मिलाउन खोजेको भन्दै स्थानीय समेत हैरान भएका छन ।
गैर कानुनी गतिबिधी बिरुद्धमा संलग्न जस्तोजुकै शक्तिशाली भएपनि संस्थागत रुपमा प्रहरीले सार्वजनिक गर्नुपर्ने र अन्य बेला समेत पहुँच नहुने जुहाडे पक्राउका बेला शिघ्र सार्वजनिक गर्दै आएको प्रहरीले यति ठुलो सफलतामा उल्टै संगठनलाई गुमराहमा राख्ने काम गरेको छ । को को पक्राउ परे भन्ने संचारकर्मीहरुको प्रशनमा प्रहरी प्रवक्ता शाहले बताउन आलटाल गरिरहेका छन ।
तिहारका बेला हुने अनाधिकृत जुवातास खेल्ने खेलाउने बिरुद्धमा प्रहरीले शान्ति सुरक्षाका लागि राम्रो प्रयास गरेपनि घटना लुकाउने कामबाट प्रहरीको भूमिका संस्कापद रहेको स्थानीयको भनाई छ । बागफाटाका एक स्थानीयले दुईदिन अघि प्रहरीले जुवाखालबाट मानिस सहित रकम बरामद बारे संचार माध्यममा समेत समाचार नआएपछि कतै प्रहरी र पत्रकार पनि शक्तिशाली जुहाडेसंग मिलोमतो त छैन भन्दै आशंका गरिरहेका छन । तर, प्रहरीले नाम बताउन नचाहेपनि केही सचार माध्यमले घटना बारे समान्य समाचार मात्रै प्रकासित गरेका छन ।
Discussion about this post