बेलडाँडी । महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रिय अध्यक्ष तथा सिंहपाल आधारभूत विद्यालय बेलडाँडी व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर थापा सिंचाई तथा विद्यालयका समस्या लिएर यति बेला संघिय राजधानी काठमाडौंमा छन् ।
महाकाली सिंचाईका समस्या, तथा विद्यालयका समस्या समाधानका लागि संघिय मन्त्रालय तथा सम्वन्धित निकायमा थापा लगायतको टोलीले पहल गरिरहेका छन् । थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र ऊर्जा जल श्रोत मन्त्रालय, गृह मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सिचाइ विभागका महानिर्देशक देवराज निरौला र उप महानिर्देशक वासुदव तिमिल्सिनालाई सिंचाई तथा शिक्षाका समस्या सामाधान गरिदिन पत्राचार सहित आग्रह गरिएको उल्लेख गरिएको छ ।
उनले महाकाली सिंचाईको तर्फबाट यस्तो पत्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पेश गरेका छन : प्रस्तुत विषय सम्बन्धमा यस कञ्चनपुर जिल्ला स्थीत महाकाली सिंचाई व्यवस्थापन कार्यालय अन्तरगत पर्ने प्रथम चरणा र दोस्रो चाण सिंचाई प्रणालीका विगतमा सिंचाई व्यवस्थापन हस्तान्त्रण कार्यक्रम आइपि भएता पनि सम्झौता हस्तान्त्रण भित्रका कतिपय सिंचाईका संरचना निमाणकार्य अधुरा रहेकाले उपभोक्ता किसानहरुबाट निर्माण हुन नसक्ने खेतीयोग्य जमिन सिमसारका कारण दलदलमा परिणत भएको साथै यही मिति २०८१ आषाढ २३ गते सम्म परेको अविरल वर्षाका कारण आएको बाढीले सिंचाई प्रणालीका अधिकांस ठाउँमा मुलनहर शाखानदार, र प्रशस्त क्षत विक्षत भएकाले यस क्षेत्रका किसान वर्षे र हिउँदे र वाली गर्न वाट वंचित भएकाले समस्या समाधानका लागी डिभिजन कार्यालय र यस प्रणाली सुधारका लागी बृहत सरकारी सिंचाईको पुर्नस्थापना कार्यको प्रस्ताव प्रतिलिपिका साथै यस वर्ष आषाढ २३ गते को वाढीबाट पुर्ण क्षतिको विवरणको प्रतिलिपी, र महाकाली सिंचाई जलउपभोत्ता संघको समिति को २०८१/८/२८ गते को २९ औ वार्षिक साधारण सभाको निर्णय संलग्न राखि यस महाकाली सिचाई प्रणाली सुधारका लागी ए डिवि, अन्य, कार्यक्रम लागु गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गरेका छन् ।
साथै विद्यालयका समस्या समाधान गरिदिन यस्तो माग गरेका छन् : प्रस्तुत विषय सम्बन्धमा सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, बेलडाँडी गाउँपालिका वार्ड नं. २ मा अवस्थित श्री सिंहपाल आधारभूत विद्यालय वि.स. २०३६ सालमा स्थापना भई बि.स. २०६५ नि.मा.वि. कक्षाहरु सञ्चालन हुदै आइरहेको व्यहोरा अनुरोध गरिन्छ । यस विद्यालयको चारैतिर सडकले घेरिएकोले सडक दुर्घटनाको सम्भावना बढी रहेकाले नितान्त रुपमा पर्खाल आवश्यक रहनुका साथै विगत लामो समय देखि कुनै पनि संघसस्थाहरु बाट भवन उपलब्ध हुन नसकेकाले विद्यालयको शैक्षिक सुधारुका लागि तहाँ कार्यालयबाट यस विद्यालयलाई भवन र पर्खाल उपलब्ध गराई सहयोग गरिदिनहुन सादर अनुरोध गरिन्छ ।
Discussion about this post