तेस्रो बेलौरी महोत्सवमा दर्शकको सहभागिता कम, कलाकार र व्यवसायी निरास

बेलौरी । बेलौरीको खुल्ला मञ्चमा जारी तेस्रो बेलौरी पर्यटन महोत्सवमा चहलपहल कमै देखिएको छ । महोत्सवको पाँचौं दिनवित्दा समेत दर्शकको चहलपहल खासै नदेखिएको स्थानियले बताउँछन् । गतबर्ष भन्दा यस बर्ष महोत्सवमा खासै केही चहलपहल नदेखिएको व्यापारी बताउँछन् । पहिले बर्षहरुको जस्तो भिडभाड देखेर व्यापार लगाउन आएका व्यापारीहरु यस बर्ष व्यापार शुन्य रहेको बताउँछन् ।

दर्शकको पर्खाइमा बस्नु र चिसो खानुको अरु बिकल्प छैन व्यवसायीहरुको गुनासो छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरु पनि सन्तुष्ट नरहेको दर्शकहरु बताउँछन् । राष्ट्रिय कलाकारले मञ्चमा गित गाउँदा दर्शकको उपस्थिति नभएको देखेर खल्लो महसुस गर्ने गरेको दर्शकहरु बताउँछन् । जवकि राष्ट्रिय कलाकार आउदा दर्शकको हुटिङग र चहलपहल हुनुपर्नेमा सुनसानमै आफनो प्रस्तुती देखाउने र जाने गरेको उनिहरुको भनाई छ ।

बेलौरीका स्थानीयहरुले भने बेलौरीको महोत्सव न हेर्नेलाई रमाईलो न कलाकारलाई रमाईलो भएको छ । पैसा तिरेर हेर्नको लागि राम्रा चर्चित कलाकार ल्याउनु पर्यो त्यसैले हामीले पैसा तिरेर हेरेको मलाल रहदैन ।
करिव ४ बजे पछि राष्ट्रिय स्तरको कलाकार आउँदा दर्शकहरुको घुइचो लाग्ने समय हो तर शुक्रवार ४ बजेसम्म दर्शकको चहलपहल केही नरहेको एक जना दर्शकले भन्नुभयो । टिकट काटेर पछुतो भैरहेको छ उहाँले गुनासो पोख्दै भन्नुभयो । न रमाईलो छ न केही छ आएर समयको बर्बाद मात्र भैरहेको उहाँले बताउनुभयो ।

३ बजेसम्म एकरुपैंयाको समेत व्यापार भएको छैन् सिमा संग जोडिएको बजार हुनाले बेलौरीको महोत्सवमा भव्य व्यापार हुन्छ सोचेको थिए तर त्यसो देखिएन । यस्तै तरिकाले महोत्सव संचालन भयो भने यहाँ त आउने जाने भाडा पनि उठ्दैन उहाँले दुखेसो पोख्नुभयो । बच्चाहरुको रमाउने र खेल्ने प्रसस्त खेल सामाग्री समेत नरहेको दर्शकहरुले गुनासो गरेका छन् ।

केही नयाँ बस्तु किनेर लैजाने सोचका साथ महोत्सवमा गएका दर्शकले भन्नुभयो यो त सव बेलौरी बजारमा पाउने सामाग्री मात्र रैछ किन फोकटमा पैसा तिरेर महोत्सव भित्र जाने उहाँले आफ्नो धारणा राख्नुभयो ।महोत्सवमा रमाईलो र नयाँ केही हुन्छ भनेर जाने सवै दर्शक मन मारेर बाहिर आउन थालेको उनीहरु बताउछन् । बेलौरीमा संचालन भैरहेको बेलौरी उद्योग वाणिज्य संघको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा सोमवारदेखि बेलौरीको खुल्लामञ्च परिसरमा लागेको महोत्सवको पचौंदिन पनि खासै दर्शक नआएको आयोजक टिमका एक सदस्यले भन्नुभयो ।खै किन यस बर्षको महोत्सवमा खासै चहलपहल देखिएन उहाँले भन्नुभयो । उखुखेती भएकाले दर्शक नआउन सकेको हुन सक्ने बुझाई रहेको छ ।

स्थानीयका अनुसार मेलाको सबै ठेक्का बाहिरका लाई दिएकोले मेलाको यस्तो हालात भएको जनाए । उनीहरुले आयोजक कमिटिलाई आरोप लगाउदै भने आफ्नै तरिका र अरुसंग सहकार्य नगर्दा घाटामा जाने संकेत देखिएको जनाए । हुन त मेला प्रचार प्रसारको लागि ६,७ मिडिया संग सहकार्य गरेका छन् तर पनि मेलामा सहभागि बढ्न सकेका छैनन् । आयोजक कमिटिले बाहिरका मानिसलाई मेलाको ठेक्का दिएपछि स्थानीय बासिन्दा, संघ संस्था, बुद्धिजिवी, नागरिक समाज लगायत असन्तुष्ट रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित