कञ्चपुर जिल्ला प्रहरी कार्यालय भित्र पेस्तोल पट्कीयो, एक जना घाइते

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा अहिले साझ पेस्तोल पट्केको छ । आज साझ करिब ७ बजे तिर पट्केको पेस्तोलको गोली लागेर एक प्रहरी जवान घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेको निधारमा गोली लागेको जनाइएको छ ।

प्रहरी कार्यालय भित्रको हतियार कक्ष भित्र पेस्तोलको गोली लागेर प्रहरी जनाव न्यौपाने गम्भिरघाईते भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार घाइते जनाव त्यही कक्षमै डिउटी गरिरहेको अवस्थामा एक्कासी हतियार पट्केको आवाज सुनियो, त्यहाँ जादा प्रहरी जवान घाईते हुदा महाकाली अस्पताल पुर्यायौं ।

अवस्था गम्भिर भएकाले थप उपचारको लागि धनगढी रेफर गरेको जनाउदै घटना कसरी घटेको हो भन्ने विषयमा अनुसन्धान थाएिको जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित