पुर्व एमाले नेताद्वय पाण्डेय, अधिकारी सहितका सयौँ नेता कार्यकर्ता माओवादीमा प्रवेस

लाल ब एस के, पुनर्वास । पुर्व कञ्चनपुरका एमाले नेताद्वय जयराज पाण्डेय, भक्त बहादुर अधिकारी, एमाले नेता खेमराज ओझा(पदम) सहितका विभिन्न पाटी परित्याग गरेर सयौँ एमाले नेता कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेस गरेका छन ।

शनिबार पुर्नवास नगरपालिका ६ प्रतिभानगरमा भएको भ्रष्टाचार बिरुद्धको खबरदारी सभामा एमाले, काँग्रेस, समाजवादी, रास्पपा, राप्रपा, नाउपा सहितका विभिन्न पाटी परित्याग गरेर पाँच सय भन्दा बढि नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

एमालेका पुर्व जिल्ला नेता एव कृष्णपुर गाविसका तत्तकालिन अध्यक्ष पाण्डेय, एमाले पुर्व जिल्ला उपसचिव समेत रहेका अर्का पुनर्वासका नेता भक्त बहादुर अधिकारी, एमाले सुप प्रदेश सचिवालय सदस्य एव लालझाडी इन्चार्ज खेमराज खोझा(पदम) सहितका पाँच सय बढीले माओवादी प्रवेस गरेका छन ।

राप्रपा पुर्व जिल्ला सचिव चित्र बहादुर गुरुङ्ग, गगन धामी, काँग्रेस नेता बिरेन्द्र भट्ट, सन्तोष पन्त, मोहन विक, जनमोर्चाका देवसिह कार्की, नाउपा जुगलाल चौधरी, उपदेश चौधरी,रास्वपा नरेश भण्डारी, नेकपा एकीकृत समाजवादीका नेता हर्क बिसी,बिजय राना सहित ५सय बढि नेता कार्यकर्ताहरुले प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले काँग्रेस, एमाले, माओवादी, समाजवादी, रास्वपा, जनमोर्चा सहितका जिल्लाभरीका ५सय बढीले प्रवेस गरेको बताए ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पाटी प्रवेस गरेका छन । कार्यक्रममा नेकपा माओवादी प्रवेस गरेका एमाले पुर्व नेताद्वय भक्त बहादुर अधिकारी जयराज पाण्डेयले अबको निकास माओवादीबाट मात्रै सम्भव भएकाले समाजवादी आन्दोलन तानिर्कक निष्कर्षमा पु¥याउनका लागि माओवादीमा समाहित भएको बताएका छन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले जिल्लाको दक्षिण क्षेत्रमा रहेको पुनर्वासको सीमादेखिका विवित विकास निर्माणका योजनामा प्रचण्डको ध्यानाकर्षण गराएका छन । चुनावी सभामा हजारौँको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित