बिकाश सिंह महता/महेन्द्रनगर / पौष १३ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं.-१० मा मैत्रीपुर्ण पुरुष तथा महिला फुटवल प्रतियोगिता एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
कञ्चनपुर जिल्ला फुटबल संघ र साथी संस्थाको संयुक्त आयोजनामा र लालझाडी युवा क्लब-११ को व्यवस्थापनमा ‘हाम्रो सामुहिक गोल: महिला र बालबालिका हिंसाको अन्त्य’ मुल नाराका साथ पौष १३ गते शनिवारका दिन लालझाडी-११ को खेलमैदान पुनर्वास -१० मा भएको मैत्रीपुर्ण पुरुष तथा महिला फुटवल प्रतियोगितामा महिला र पुरुष तर्फ कञ्चनपुर रातो विजया भएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताए।
महिला तर्फ भएको पहिलो खेल कञ्चनपुर रातो र कञ्चनपुर निलो बीच भएको खेलमा १-० गोलको अन्तरले कञ्चनपुर रातोले निलो लाई हराउँदै जित निकालेको हो। पुरुष तर्फ कञ्चनपुर रातोले कञ्चनपुर निलो लाई २-० गोलको अन्तरले हराउदै विजया निकालेको हो। विजेता टिमले नगद १५ हजार र उपविजेताले १० हजार ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ।
प्रमुख अतिथि सिइडिएड्ब्लु कमिटी सदस्य बन्दना राणाले महिला र बालबालिकामा हुने हिंसाको अन्त्य गरौ भन्ने अभियानमा सहभागी खेलाडीलाई धन्यवाद दिनु भयो। उनले भन्नू भयो अभियानमा जोडिनु भएकोमा र आफ्नो घरपरिवार र समाजमा हिंसाको सचेतना फैलाउनु हुन समेत अनुरोध गर्नु भएको छ।
जिल्ला फुटबल संघ कञ्चनपुर संगको समन्वय सहकार्य गरि प्रतियोगिता सम्पन्न गर्नमा लाग्नु भएका सम्पुर्णलाई हार्दिक धन्यवाद कार्यक्रमका सभापति कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले दिनुभएको छ। उनले भने, आगामी दिनमा पनि साथ र सहयोग समेत अपेक्षा रहने बताए।
कार्यक्रममा सभापति कञ्चनपुर जिल्ला फुटबल संघको अध्यक्ष गणेश बहादुर चन्द प्रमुख अतिथि सिइडिएड्ब्लु कमिटी सदस्य बन्दना राणा, विशिष्ट अतिथि साथी संस्था अध्यक्ष सजनी अमात्य , सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहरा कञ्चनपुर जिल्ला फुटबल संघ उपाध्यक्ष केशब चन्द, दावत तामाङ र लालझाडी युवा क्लब-११ का पदाधिकारी खेलप्रेमी खेलाडी लगायतको उपस्थिति रहेको थियो।
Discussion about this post