धन सिंह धामी महेन्द्रनगर १४ पौष : कञ्चनपुरको भीमदत्त नगरपालिका १३ का जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । भीमदत्त नगरपालिका १३ नम्बर वडा कार्यालयले भलाकुसारी कार्यक्रमका साथै जेष्ठ नागरिकलाई न्यायो कपडा (कम्बल) वितरण गरेको हो ।
आईतबार एक कार्यक्रमका विच वडा कार्यालयको बार्षिक वजेटबाट न्यानो कम्बल वितरण गरेको थियो । भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामचन्द्र बोहराले जेष्ठ नागरिक सम्मान तथा भलाकुसारी कार्यक्रममा कम्बल वितरण गरेको थियो भने विगतमा जेष्ठ नागरिकलार्ई टर्च लाईट, छाता जस्ता सामाग्री वितरण गरेको थियो ।
वडाध्यक्ष बोहराका अनुसार ७८ बर्ष माथिका जेष्ठ नागरीक ७४ जनालाई कम्बल वितरण गरिएको बताए । वडा अध्यक्ष बोहराले अव दोस्रो चरणमा वडाका एकल महिला , अति विपन्न परिवार लगायतका गरीव समुदायमा यस्तो सहयोगको कार्यक्रम ल्याउने बताएका छन ।
‘हामीले सबै समुदायका ७८ बर्ष उमेर समुहका जेष्ठ नागरिकलाई कम्बल वितरण गरेका छौँ, ‘उनले भने, ‘चिसो छल्नका लागि वडाबाट सक्दो समाजिक कार्य गरिरहेका छौँ ।’ वडाबाट कम्बल पाएपछि जेष्ठ नागरिक हर्षित भएका छन । उनीहरुले वडा सरकारले आफ्ना पिरमर्का बुझेको बताएका छन । वडा सदस्यहरुले समेत उक्त कार्यक्रम निरन्तर अघि बढाउने बताएका छन ।
Discussion about this post