पुनर्वासका सक्रिय पत्रकार एसके सम्मानित

पुनर्वास, १४ पुस । पुनर्वास नगरपालिकाका सक्रिय पत्रकार लाल बहादुर एसके सम्मानित भएका छन् । पुनर्वास नगरपालिका–२, मोतीबस्तीस्थित सरस्वती माध्यमिक विद्यालयको ४६औं वार्षिकोत्सवको अवसर पारेर विद्यालयमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको छ ।

विद्यालयले आफ्नो ४६ औं वार्षिकोत्सको अवसरमा पत्रकारिता क्षेत्रबाट विद्यालयलाई पुर्याएको लेखन तथा भौतिक सहयोग र समाजमा पुयाएको योगदानको मूल्याङ्कन गर्दै बार्षिकोत्सव समारोहका बीच सम्मान गरेको विद्यालयले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर वहादुर थापा(पातल) ले प्रमाणपत्र, सोहल्ला ओढाएर सम्मान गरेका हुन् । शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका एसकेको कार्यलाई थप प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको विद्यालयले जनाएको छ ।

सम्मानित हुने पत्रकार एसकेले विद्यालयले पुनर्वास क्षेत्रमा सक्रिय भएको मूल्याङ्कन गर्दै आफुलाई सम्मान गरेको जनाएका छन् । उनले एक फेसबुक स्टाटस राख्दै भने श्री सरस्वती माध्यमिक विद्यालय पुनर्वास नगरपालिका वडा नम्बर२मोतीबस्तीको ४६औं बार्षिकोत्सव समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकार का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर वहादुर थापाद्वारा म आफै अध्ययन गरेको विद्यालयमा मैले विभिन्न समयमा गरेको सहयोगको मूल्याङ्कन गर्दै मलाई एक भव्य समारोहका बीच सम्मान गरेकोमा विद्यालय परिवार प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु भन्दै कृतज्ञा प्रकट गरेका छन् ।

पत्रकार एसके विगत १० बर्ष देखि पुनर्वास क्षेत्रमा सक्रिय रुपमा पत्रकारिता गर्दै आएका निडर, भ्रष्टाचारको विरुद्धमा बुलन्द आवाज उठाउने, सिमा क्षेत्रको रक्षार्थ सिमाका मुद्धा उट्ठान गर्ने, तस्करलाई तहलगाई सुशासन कायम गर्न अहम भूमिका खेल्दै आएका दक्षिण क्षेत्रका होनहार पत्रकारका रुपमा स्थापित हुदै आएका छन् । सम्मानित भएका एसकेलाई साथीभाई तथा आफन्तबाट बधाईको ओइरो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित