तिलाचौरका युवा दिपक देउवाद्वारा अपाङ्कता विद्यार्थीलाई न्यानो लुगा वितरण

कञ्चनपुर, पुष १५ । कञ्चनपुरको तिलाचौरका एक युवाले अपाङ्कता भएका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेका छन । भीमदत्त नगरपालिका ८ तिलाचौर घर भई हाल भारतमा व्यवसाय गर्दै आएका दिपक देउवाले भीमदत्त नगरका अपाङ्कता भएका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेका हुन ।

सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका १८ महेन्द्रनगर माध्यामिक विद्यालयका अपाङ्कता भएका विद्यार्थीलाई न्याना लुगा वितरण गरेको विद्यालयले जनाएको छ ।
महेन्द्रनगर माध्यामिक विद्यालयका प्रद्यानाध्यापक बिनोद सिहले तिलाचौरका स्थानीय समेत हाल भारतमा व्यवसाय गर्दै आएका देउवाले समाजिक कार्य गरेको बताए । उनका अुनसार १५ अपाङता भएका विद्यार्थीलाई न्याना लुगा वितरण गरिएका छन ।

भीनपा ८ तिलाचौरका स्थानीय समेत रहेका स्व. धन बहादुर देउवा(प्रधान) र नर्मलादेवी देउवाका छोरा दिपक देउवाले स्वदेशमा केही समाजिक काम गरेको छन ।
भारतको भ्यानला स्टेल एण्ड एलोईस प्रालि र आरएन स्पाका संचालक देउवाले अपाङ्कता भएका विद्यार्थीले ट्याक सुट, सुट सहितका न्याना कपडा वितरण गरेका छन ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका महेन्द्रनगर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कृष्णदत्त जोशी(बोक्सर)ले विद्यालयमा अध्ययनरत सुस्त मनस्थिति(अपाङ्कता) भएका विद्यार्थीलाई जाडोको मौषसमा वितरण गरिएको न्याना लुगाले थप शिक्षणमा टेवा पुग्ने बताए । अभिभावकले समेत देउवाको समाजिक कार्यप्रति आभार प्रकट गरेका छन ।

न्यानो लुगा वितरण कार्यक्रममा देउवाका सहोदार दाजु कृष्ण बहादुर देउवा, छिमेकी बलराम एसके, लोकेन्द्र सिह, समाजसेवी पूर्णानन्द जोशी, शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित