पत्रकार सिनालाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार

कञ्चनपुर, १५ पुष । कञ्चनपुरका पत्रकार सुजित रमेश सिनाललाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिका १ भाँमी महेन्द्रनगरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले पत्रकार सिनाललाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । सोमबार १८औँ बार्षिकोत्सवको अवसरमा पत्रकार सिनालाई पत्रकारिता पुरस्कार प्रदान गरिएको एफएमले जनाएको छ ।

शुक्लाफाँटा रेडियो तथा पत्रिकामा कार्यरत पत्रकार सिनाललाई एफएमले नगद ११ हजार १सय ११रुपैया सहित प्रमाण पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले पत्रकार सिनालाई नगद रकम हस्तान्तरणका साथै प्रमाण पत्र, दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

रेडियोका स्टेशन म्यानेर जयदेव जोशीले हरेक बार्षिकोत्सव अवसरमा एफएमले जिल्लामा कृयाशिल एक पत्रकारलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको बताए ।

दशकदेखि पत्रकारितामा सकृय सिनाल समसामयिक विषयमा मुद्दा उठान गर्दै आएका छन । नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य रहेका रहेका उनले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित