यस बर्ष भीमदत्त नगरपालिकाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा आधारभूत तह पनि समेट्ने

भाष्कर केसी, पुष १७ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले यस बर्षदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा आधारभूत तहलाई समेत समेट्ने भएको छ ।

भीमदत्त नगरपालिकाले आधारभूत तह कक्षा १देखि ८सम्मका विद्यार्थीलाई समेत प्रतियोगितामा समावेस गर्ने भएको हो । यस अघि माध्यामिक तहका विद्यार्थी मात्रै सहभागि हुँदै आएका थिए । २० पुषदेखि हुने १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आधारभूत तहका विद्यार्थीको छुट्टै प्रतियोगिता हुने भएको जनाएको छ ।

भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले पहिलो पटक आधारभूत तहका विद्यार्थीलाई समेत प्रतियोगितमा समावेस गरिने बताए ।

‘विगतमा हामीले माध्यामिक तहका विद्यार्थी मात्रै समावेस गर्दै आएका थियौँ, ‘उनले भने, ‘यसो गर्दा माध्यामिक तहका विद्यार्थी खेलकुद प्रतियोगितमा आउने शिक्षक पनि सहभागि हुने, अनि विद्यालयमा पढाई पनि नहुने भएकाले आधारभूत तहका विद्यार्थी मारमा पर्दै आउँथे, अब प्रतियोगितामा सहभागि भएपछि उनीहरु पनि भावि दिनमा थप खेलकुदप्रति अब्बल हुनेछन ।’

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको आधार तय गर्नका लागि समेत आधारभुत तहका विद्यार्थी अहिलेदेखि नै अब्बल हुनेछन । भीमदत्त नगरपालिका ४महेन्द्रनगरको बैजनाथ माविको प्राङगणमा हुनेछ ।

आवि तर्फ बृद्धिचाल, कबड्डी छात्र,छात्रा, एथलेटिक्स तर्फ १सय, २सय, ४सय, ८सय , ४सय रिले दौड तर्फ छात्रछात्रा, फिल्ड तर्फ लङजम्प सहितका प्रतियोगिता हुनेछन ।

आधारभूत तहका विद्यार्थीलाई पनि समावेस गरेसंगै उनीहरु नै भावि दिनमा माध्यामित तहमा पुग्दा थप सहज हुने जनाईको छ । पहिलो पटक आधारभूत तहका विद्यार्थी प्रतियोगितामा सहभागि हुने भएपछि उत्साहित भएका छन । प्रतियोगिताको उद्घाटन एव समापन एकै स्थानमा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित