कञ्चनपुरको दक्षिणी क्षेत्र बेलाौरी नगरपालिका ८ स्थित कलकत्ता बजारमा ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै काठमाण्डौं फर्निचर उद्योग संचालनमा आएको छ । नयाँ खुलेको काठमाण्डौं फर्निचर उद्योगले ग्राहकहरुको आवश्यकतालाई ध्यानदिदै विभिन्न प्रकारका फर्निचर सामानहरू उपलब्ध गराउँउने भएको छ । ग्राहकहरूले घरका लागि आवश्यक सम्पूर्ण फर्निचर वस्तुहरू सजिलै पाउन सक्नेछन् ।
यस फर्निचर उद्योगमा डाइनिङ टेबल, सोफा, दराज, बेड, पलङ, पार्टिकल दराज र अन्य घर सजावटका सामानहरू उपलब्ध छन् । उच्च गुणस्तरका काठका सामग्रीबाट बनाइएका यी वस्तुहरू घरलाई आरामदायक र आकर्षक बनाउनका लागि उपयुक्त छन् ।
फर्निचर उद्योगका सञ्चालक केशव मालीले भने, “हामी ग्राहकहरूको आवश्यकताअनुसार विविध डिजाइन र आकारका फर्निचर उपलब्ध गराउँछौं, जसले घरलाई केवल सुन्दर मात्र नभएर टिकाउ र सुविधाजनक पनि बनाउँछ ।“
यहाँ आउने ग्राहकहरूले सुफत मूल्यमा राम्रो गुणस्तरका फर्निचर पाउनेछन् । काठमाण्डौं फर्निचर उद्योग स्थानीय बजारमा नयाँ विकल्पको रूपमा प्रस्तुत गरिएको छ र यसले ग्राहकलाई अझ सहज र सस्तो मूल्यमा राम्रो सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । यस उद्योगले स्थानीय व्यापार र ग्राहकलाई थप सुविधाजनक सेवा प्रदान गर्ने आशा गरिएको छ ।
यस पसलले उच्च गुणस्तरका फर्निचर उत्पादन र बिक्री गर्दै स्थानीय ग्राहकहरूलाई सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । बेलौरी नगरपालिका ८ र आसपासका क्षेत्रहरूमा व्यापारिक गतिविधिहरूलाई थप गति दिने र ग्राहकलाई नयाँ विकल्पको पहुँच पु¥याउने अपेक्षा गरिएको छ ।
Discussion about this post