बेलडाँडी, २३ पुस– बेलडाँडी गाउँपालिकामा रहेको भाइरल चर्चित ग्रिन पार्कमा दोस्रो ग्रिन पार्क महोत्सवको तयारी तीव्र भइरहेको छ । महोत्सव माघ १ गते देखि ३ गतेसम्म आयोजना हुनेछ । महोत्सवको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र प्रकृतिको सम्मान गर्नु र पर्यटकीय आकर्षणको रूपमा बेलडाँडीलाई प्रख्यात बनाउनु हो ।
कार्यक्रममा राष्ट्रिय देखि स्थानीय कलाकारहरूको प्रस्तुति, सांगीतिक कार्यक्रम, हर्षोउल्लासपूर्ण हुनेछ । कार्यक्रममा आउने कलाकारहरुको लिस्ट सार्वजनिक गरेको छ । स्थानीय बासिन्दा र पर्यटकहरूलाई ध्यानमा राख्दै, ग्रिन पार्कको वातावरणमा रमाइलो र सन्तुलित उत्सवको अनुभव प्रदान गर्ने उद्देश्यले दोस्रो ग्रिन पार्क महोत्सव राखिएको हो ।
यो महोत्सव बेलडाँडीका लागि मात्र नभएर आसपासका क्षेत्रका पर्यटकहरूको लागि पनि एक ठूलो आकर्षणको रूपमा प्रस्तुत हुने आयोजकले जनाएको छ । जसको समय मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरिएको छ भने महोत्सव अवलोकनका लागि शुल्क लाग्ने जनाइएको छ ।
Discussion about this post