बेलौरी नगरको १४औँ अधिवेशन : संशोधन सहित भूमी, विपद व्यवस्थापन ऐन पारित

शीत्तल भट्ट, बेलाैरी । कञ्चनपुरको बेलौरी नगरपालिकाको १४औँ अधिवेशन सम्पन्न भएको छ । मंगलबार बेलौरी नगरको १४औँ अधिवेशन सम्पन्न भएको हो ।

बेलौरी नगरका प्रवक्ता हर्क भुलले हिउँदे अधिवेशनबाट केही ऐन पारित गरिएको बताए । प्रवक्ता भुलका अनुसार बेलौरी नगरका प्रमुख एव अधिवेशन सभाअध्यक्ष पोलिलाल चौधरीले सभामा प्रस्तुत गरेका ऐन पारित गरिएका छन ।

चालु आर्थिक बर्ष ०८१/०८२को आर्थिक ऐनलाई स्रशोधन गर्न बनेको विधेयक, भूमि सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक ०८१, नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन ०७५ लाई संशोधन गर्न बनेको विधेयक, चालु आर्थिक बर्ष शाखा र वडाबाट आएका योजनाहरुमा रकमान्तर, बेलौरीको बेरुजु नियमित फट्यौट, बेलौरी ४खुला मञ्चलाई खुला तारबार गरेर व्यवस्थापन गर्ने एजेण्डा पारित गरिएको छ ।

नगर उपप्रमुख जोगराज चौधरीले चालु आर्थिक बर्ष ०८१/०८२को हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बेलौरी नगरपालिका ३का वडाध्यक्ष सिताराम रिजालको स्वास्थ्य लाभको कामना गरिएको छ ।

बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले नगर सभाबाट पारिएका गरिएका ऐन कार्यान्वयनका लागि सम्बन्धीत शाखा, वडालाई निर्देशन गर्दै धन्यबाद ज्ञापन गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित