बेलडाँडीमा निर्माणाधीन १५ सैया अस्पताल भवन दीर्घकालीन स्थायित्वमा समस्या नआउन दिनमा पालिकाद्धारा स्वास्थ्य मन्त्रीको ध्यानार्कषण

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा निर्माणाधीन १५ सैयाको अस्पताल भवनको दीर्घकालीन स्थायित्वमा समस्या उत्पन्न हुने सम्भावनाप्रति गम्भीर चासो व्यक्त गर्दै, गाउँपालिकाले माननीय स्वास्थ्य मन्त्री प्रदिप पौडेलको ध्यानाकर्षण गराएको छ ।

गाउँपालिकाका प्रमुख हरिश चन्द्र राना, प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, लगायतका नेता कार्यकर्ताहरुले आज धनगढी विमान स्थलमा स्वास्थ्य मन्त्री पौडेलसंग भेट गर्दै अस्पताल भवनको निर्माणमा देखिएका प्राविधिक त्रुटिहरूबारे जानकारी गराउँदै समस्या समाधानका लागि तत्काल पहल गरिदिन आग्रह गरेका छन् ।

निर्माणाधीन १५ सैयाको अस्पताल भवनको बिम (बीम) पातलो देखिएको गुनासो उठेपछि निर्माण कम्पनीले काम रोक्दै स्टिमेट (अनुमानित लागत) सच्याउन माग गरेको छ । निर्माण कम्पनीका प्रतिनिधिहरूका अनुसार हालको डिजाइन र सामग्रीको परिमाणले भवनको दीर्घकालीन स्थायित्वमा समस्या आउने भएकाले स्टिमेट पुनरावलोकन गरिनु आवश्यक रहेको भन्दै पालिकामा गुनासो गरेपछि पालिका प्रमुख सहितको टोलीले मन्त्री पौडेलाई भेटेका थिए ।

एमाले नेतृत्वको स्थानीय सरकारका पालामा एम एच इन्जिनियरिङ कन्सल्टिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि.ले तयार पारेको डिजाइनले भवनलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन नसक्ने ठेकेदार र प्राविधिकहरूले औंल्याएका छन् । निर्माण कम्पनीले निर्माणाधीन भवनको बिमको मोटाइ पातलो रहेकाले दुई तल्लाको संरचना भार धान्न नसक्ने जोखिम रहेको भन्दै कन्सल्टेन्सीले तयार पारेको डिजाइनले भवनलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन नसक्ने ठेकेदार र प्राविधिकहरूले औंल्याएका छन् । वीमको मोटाई २ फिट हुनुपर्नेमा १.८ रहेको छ, भने चौडाई १.२ फिट हुनुपर्नेमा १ फिट मात्र रहेको निर्माण कम्पनीका इन्जिनियर सुनिल कुँवरले बताउनु भएको छ ।

निर्माण कम्पनीले प्राविधिक त्रुटि सच्याउनुपर्ने माग गर्दै निर्माण कार्य स्थगित गरेको छ । गाउँपालिकाले निर्माण गुणस्तरहिनमा कुनै सम्झौता नगरिने स्पष्ट गर्दै कन्सल्टेन्सीले तयार पारेको डिजाइन र स्टिमेटलाई पुनः परीक्षण गरी सुधार गर्न, भवनको बिमको मोटाइ बढाएर संरचना सुदृढ बनाउन आवश्यक पहल गरिदिन माग गरेका छन् ।

स्वास्थ्य मन्त्री पौडेलले समस्या समाधानका लागि मन्त्रालयको प्राविधिक टोली पठाउने र आवश्यक सुधार गर्न तत्पर रहने आश्वासन दिनुभएको छ । प्रगतिबारे जानकारी लिँदै स्थानीय जनताको स्वास्थ्य सेवामा पहुँच बढाउन आवश्यक कदम चाल्ने आसवासन दिएका छन् । उहाँले भवनको दीर्घकालीन स्थायित्वलाई ध्यानमा राखेर काम अघि बढाउन सम्वन्धित निकायलाई निर्देशन गर्ने बताएका छन् ।

बेलडाँडीका जनताले गुणस्तरीय र समयमै अस्पताल निर्माण हुने विश्वास व्यक्त गर्दै, यसलाई स्वास्थ्य सेवामा पहुँच विस्तारको महत्त्वपूर्ण परियोजनाका रूपमा लिएका छन् । निर्माण कार्य चाँडो पुनः सुरु गर्न सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको छ ।

गाउँपालिकाले २०७९ मङ्सिर ६ गते बङलामुखी बैजनाथ जेभी धनगढी कैलालीसँग रु। १६ करोड ५१ लाख ६२ हजार ५ सय २२ भ्याट रकममा ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र अस्पतालको भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित