भीनपा १३ वडाध्यक्ष झक्कासद्वारा बिरामी पत्रकार सिनाललाई उपचार खर्च

प्रदिप राना/कञ्चनपुर, पुष २५ । कञ्चनपुरको भीमदत्त नगरपालिका एक जनप्रतिनिधीले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग गरेका हुन ।

बिहीबार एक कार्यक्रमका विच वडाध्यक्ष बोहराले बिरामी पत्रकार सिनाललाई नगद तीन हजार एक सय रुपैया नगदद आर्थिक सहयोग गरेका छन । समाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर थाहा पाएपछि वडाध्यक्ष झक्कासले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गरेका छन ।

लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले वडाध्यक्ष जोशीले उपचार खर्च उपलब्ध गराएका हुन ।

स्वतन्त्र निर्वाचित जनप्रतिनिधी एव समाजिक अगुवा समेत रहेका वडाध्यक्ष झक्कासले समाजिक हकहितका क्षेत्रमा कार्यरत शुक्लाफाँटा एफएमका पत्रकार सिनालको उपचारका लागि भावि दिनमा सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित