बेलौरी नगरपालिका-२ र पुनर्वास नगरपालिका-५ द्धारा महासंघ निर्वाचित क्षेत्र नं.१ का पत्रकारहरुलाई सम्मान

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं. २ कार्यालयले मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघका जिल्ला कार्यसमिति पदाधिकारी, सदस्य र प्रदेश पारिषद सदस्यहरूलाई सम्मान गरेको छ । आज दुबै वडाले छुट्टा छुटै कार्यक्रमका बीच सम्मान गरेको हो ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कलबीर चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका नेकपा एमाले पार्टीका सल्लाहकार यज्ञ कडेलको उपस्थितिमा प्रदेश परिषद बासुदेव धामी (विमल), जिल्ला कार्यसमिति सदस्य धन बहादुर बिक, माधव पौडेल र हरिलाल जोशीलाई दोसल्ला, सम्मान पत्र, सहित सम्मान गरिएको थियो । भने यस क्षेत्रमा जल्दोबल्दो तरिकाले जनताको पक्षमा वकालत गर्ने मिडियाको रुपमा स्थापना भएको मिडिया कञ्चन आवाजका संरक्षक सुरज श्रेष्ठ र समाचार प्रमुख केशव भट्टलाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा यस क्षेत्र नं.१ बाट प्रदेश, जिल्लामा निर्वाचित भएका पत्रकारहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । पुनर्वास ५ मा क्लबलाई सामग्री हस्तान्त्रण कार्यक्रका वीच वडा अध्यक्ष पदम बहादुर रोकायाले निर्वाचित सबैलाई दोसल्ला, अबिर टिका लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्रको भूमिकालाई सम्मान गर्नुपर्ने र लोकतन्त्रको चौथो अंगका रूपमा पत्रकारिताले समाजको विकासमा खेलेको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गरेका थिए । प्रमुख अतिथि यज्ञ कडेलले लोकतन्त्रको सुदृढीकरणका लागि निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको भन्दै पत्रकारहरूले जनताको आवाजलाई सशक्त रूपमा उठाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका सभाध्यक्ष तथा वडा नं.२ का अध्यक्ष कलबीर चौधरीले पत्रकारिता पेसा समाज परिवर्तनको साधन भएको भन्दै पत्रकारहरूको योगदानको प्रशंसा गर्नुभयो । उहाँले स्थानीय तहले पत्रकारिताको सुदृढीकरणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

समारोहमा सम्मानित पत्रकारहरूले आफूहरूको जिम्मेवारीप्रति अझ जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । सम्मानित पत्रकारहरुका तर्फबाट यस क्षेत्रकै सिनियर पत्रकार धन बहादुर बिकका तर्फबाट पत्रकारिताको सुदृढीकरण र समुदायको समृद्धिका आफुहरु लागि पर्ने बताउनु भयो । उनले भने यस्ता कार्यक्रमले पत्रकार र स्थानीय तहबीच सहकार्यको वातावरण सिर्जना गरेको बताउनु भयो ।

कार्यक्रममा जनप्रतिनिधी, नेता, पत्रकार, समाजसेवीहरू, र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित