कञ्चनपुर, २६ पुष । गृहमन्त्री रमेश लेखकले चाडै शिक्षा विधेयक पारित हुने बताउनुभएको छ । शुक्रबार कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा १७औँ प्याब्सन महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले संसदमा विचाराधिन रहेको शिक्षा विधेयक पारित हुने बताउनुभएको हो ।
‘अहिले संसदमा शिक्षा विधेयक छलफमै छ, शिक्षा क्षेत्र सुधारका लागि हामीले राम्रो कानुन बनाउन चाहेका छौँ, ‘गृहन्त्री लेखले भने, ‘थप छलफल गरेर चाडै शिक्षा ऐन पारित गछौैँ, शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुन्छन ।’
सरकारले विधीको शासन स्थापनाका लागि आर्थिक सुशासनका गतिबिधी अघि बढाएको समेत दावि गर्दै गृहमन्त्री लेखकले सुदूरपश्चिममा संचालनमा रहेका योजना शिघ्र कार्यान्वयनमा जोडदिएका छन । गृहमन्त्री लेखकले सुप प्रदेश अन्यन्तै सम्भावना बोकेको क्षेत्र भएकाले सरकारले प्रदेशका योजना प्राथमिकतामा साथ अघि बढाएको छ ।
गृहमन्त्री लेखकले सरकारी सामुदायिक शिक्षा सुधारका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । गृहमन्त्री लेखकले अहिले समाजका मुख्यचुनौती लागु औषध, सडक दुर्घटना र आत्महत्या जस्ता घटना रहेको बताउँदै उक्त तीनै घटना एक अर्कासंग अन्तर सम्बन्ध भएकाले तीनै घटना न्यूनिकरणका लागि सरकारदेखि निजी क्षेत्र समेत जिम्मेबार बन्नुपर्नेमा जोडदिए ।
गृहमन्त्री भएपछि तेस्रो पटक गृहनगर आएका मन्त्री लेखकले बिहीबार भम्केनी धार्मिक क्षेत्रको अवलोकन गरेका थिए ।
Discussion about this post