शुक्लाफाँटा नगरपालिका–०९ राप्रपा वडा कमिटिको अध्यक्षमा ऐर

उपेश सिंह धामी महेन्द्रनगर २६ पौष । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–०९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि अधिबेशन सम्पन्न गरेको छ । शुक्रबार शुक्लाफाँटा नगरपालिका –०९ मा मुग्रु रानाको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष डम्मर बहादुर ऐरको साथमा २१ जनाको कमिटी गठन गरीएको हो ।

राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप २०८१ मंसिर मसान्तसम्म पुनर्गठन गरी सक्नु पर्ने कार्यक्रम अनुसार वडा गठनलाई निरन्तरता दिईएको नगर अध्यक्ष हिक्मत रतौकीले जानकारी दिएका छन । आयोजित कार्यक्रम रानाको अध्यक्षतामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने बरिष्ठ अतिथिमा सुदूरपश्चिम प्रदेश सदस्य जीत बहादुर भण्डारी, नगर अध्यक्ष हिक्मत रतौकी, युवक संगठनका केन्द्रिय सदस्य तपेन्द्र बिष्ट, युवा नेता ललित हमाल लगायत शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश अध्यक्ष जोशीले हिन्दु राष्ट्र र राजसंस्थाको रक्षार्थ सबैले एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए भने नगर अध्यक्ष हिक्मत रतौकिले कमिटी अधिवेशनलाई निरन्तरता दिने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित