युवा ब्यवसायी निराजन थापाको नेतृत्वमा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ गठन 

कंचनपुर । नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ कंचनपुरको जिल्ला अध्यक्षमा निराजन थापा सर्वसम्मत चयन हुनु भएको छ ।

नेपाली कांग्रेस कंचनपुरको पार्टी कार्यालयमा आज शनिबार सम्पन्न प्रथम अधिवेशन बाट थापाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा नवीन भट्ट, सचिवमा पुस्करराज जोशी, कोषाध्यक्षमा गणेश खत्री चयन भएका छन ।

त्यसैगरी समितिको सदस्यमा श्रीकृष्ण भट्ट,कृष्ण दत्त भट्ट, हरि पाण्डेय र गणेश कार्की चयन भएका छन । कार्यक्रमकको प्रमुख आतिथ्यता नेपाली कांग्रेस कंचनपुरका सभापति तथा भिमदत्तनगरपालिकाका मेयर पदम बोकटी गर्नु भएको थियो ।

झण्डै अढाई दशक बढि समयदेखि यातायात व्यवसाय गर्दैै आएका नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निराजन थापाले व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । थापाले यस अघि पवनदुत यातायात समितिको नेतृत्व गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित