धनगढीमा भाइले दाइलाई कैँची प्रहार गर्दा मृत्यु

धनगढी – धनगढी उपमहानगरपालिका-१७, दीपनगर टोलमा ३५ वर्षीय लालबहादुर बोहराको आफ्नै भाइले कैँची प्रहार गर्दा मृत्यु भएको छ। शनिबार राति घरायसी विवादका क्रममा ३० वर्षीय प्रकाश बोहराले लालबहादुरलाई घाँटीमा कैँची प्रहार गरेका थिए।

घटना पछि गम्भीर घाइते भएका लालबहादुरलाई निसर्ग अस्पतालमा पुर्याइएपनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले प्रकाशलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ र शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

यो घटनाले स्थानीय समुदायमा शोकको माहौल सिर्जना गरेको छ, र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित