लालझाडीमा कृषिसम्बन्धी समस्याको समाधानका लागि सुदूरपश्चिम सरकारसँग पालिका प्रमुख रानाको छलफल

लालझाडी,१४ माघ– लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले गाउँपालिकाको कृषिसम्बन्धी समस्याको समाधानका लागि सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापालाई उनकै कार्यकक्षमा गरएर समस्या दर्शाएका छन् । छलफलमा प्रमुख रानाले लालझाडीको समग्र विकास र जंगली जनावरबाट पिडित जनताले भोगिरहेका समस्याका बारेमा छलफल गर्दै राहत उपलब्ध गराउने विषयमा मन्त्रीसँग सुझाव र सहमति गरेका छन् ।

सुदूरपश्चिम सरकारको कार्यविधिमा जंगली जनावरले कृषिमा गरेको हानिनोक्सानीका लागि क्षतिपूर्ति समेटिएको छैन । यस विषयमा प्रमुख रानाले मन्त्री थापासँग छलफल गर्दै अबको क्याविनेट बैठकमा यस मुद्दालाई समेटेर जनताको माग सम्बोधन गर्न आग्रह गरेका छन् । यस मागले लालझाडीका किसानहरूका लागि ठूलो राहतको खाँचो पूरा गर्नेछ भन्ने विश्वास गरिएको छ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापाले यो कुरा तुरुन्त क्याविनेट बैठकमा उठाउने जनाएका छन् । जनाको समस्या समाधान गर्न आफु कहिले पछि नहट्ने मन्त्री थापाले बचन दिएका छन् ।

पालिका प्रमुख रानाले कृषि क्षेत्रमा सुधार ल्याउन र तटबन्ध निर्माणको योजनामा पूर्वाधार मन्त्रालयसँग समेत समन्वय गर्दै आवश्यक कदमहरू उठाएका छन् । यसले लालझाडीको कृषि क्षेत्रलाई प्रगति गर्ने र प्राकृतिक प्रकोपहरूको असर कम गर्ने अवसर प्रदान गर्नेछ । प्रमुख रानाले स्थानिय सरकारले कृषिको समस्यामा गम्भीरतासाथ काम गर्दै आएको र यस क्षेत्रमा सुधार ल्याउने अठोटका साथ अघि बढिरहेको बताएका छन् ।

लालझाडीको नेतृत्व सम्हालेदेखि प्रमुख रानाले गाउँको समस्यामा गम्भीर र समर्पित काम गर्दै आएका छन् । स्थानीयवासीहरूको अनुसार, उनका प्रयासहरूले जनताको समस्याको समाधानमा ठूलो योगदान पुर्याएका छन् । उनका कदमले स्थानीयहरूलाई सकारात्मक ऊर्जा र आशा दिएको छ ।

यस कार्यसँगै, स्थानीयवासीहरूले प्रमुख रानालाई आफ्नो समर्पण र नेतृत्वका लागि उच्च कदर गर्दै समर्थन जनाएका छन् । यसले भविष्यमा लालझाडीलाई थप समृद्धि र स्थिरतामा पुर्याउने विश्वास जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित