रौलेश्वर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धामी चयन

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, बेलडाँडीस्थित रौलेश्वर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सोही विद्यालयका पूर्व विद्यार्थी जित बहादुर धामी चयन भएका छन्।

मंगलबार अभिभावकबाट छानिएका विद्यालय व्यवस्थापन समितिका बहुमत प्रतिनिधिहरूले धामीलाई समर्थन जनाएपछि उनी अध्यक्ष बनेका हुन् ।

सिंहपाल माध्यामिक विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेपछि धामीले रौलेश्वरमा कक्षा ६ देखि १० सम्म अध्ययन गरेका थिए। आफैंले अध्ययन गरेको विद्यालयको विकास र प्रगतिको नेतृत्व गर्न पाउँदा गर्व लागेको उनले बताए।

पूर्व राष्ट्रसेवकसमेत रहेका धामी हाल बेलडाँडीका एक युवा व्यवसायी हुन्। अध्यक्षको रूपमा उनी चयन भएपछि अभिभावकले विद्यालय पुरानै लयमा फर्किने अपेक्षा व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित