कञ्चनपुर, माघ १६ । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ।
नेकपा (एमाले) निकट उक्त संगठनको प्रदेश अधिवेशन एमाले कञ्चनपुर पार्टी कार्यालयको मदन आश्रित हलमा बिहान ११ बजे उद्घाटन हुने आयोजकले जनाएको छ।
संगठनका महासचिव महादेव जोशीका अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश अधिवेशनअघि नै संगठनले सुदूरपश्चिम प्रदेशका सबै ९ वटै जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। जिल्ला अधिवेशनहरूबाट नयाँ नेतृत्व चयन भइसकेको छ भने प्रदेश तथा केन्द्रीय प्रतिनिधिहरू समेत छनोट भएका छन्।
संगठनले हालै सम्पन्न जिल्ला अधिवेशनमार्फत निम्न नेतृत्व चयन गरेको छ: कञ्चनपुर: मानबहादुर चन्द,दार्चुला: राजेन्द्रसिंह धामी,कैलाली: खगेन्द्र रावल, डोटी: लक्ष्मणराज जोशी, अछाम: जगतबहादुर रावल, बझाङ्ग: मुकेश कुमार थापा, बैतडी: पदमबहादुर कार्की, बाजुरा: अमर रोकाया चयन भईसकेका छन् ।
अधिवेशनको प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला रहनेछन् भने नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रमुख वक्ताको रूपमा रहनेछन्।
संगठनका अनुसार अधिवेशनमा सुदूरपश्चिमका सबै जिल्लाका प्रतिनिधिहरूको उपस्थित रहनेछ। अधिवेशनबाट संगठनको नयाँ प्रदेश कार्यसमिति चयन गरिने जनाइएको छ।
Discussion about this post