लालझाडी गाउँपालिकामा सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर हस्तान्तरण

कञ्चनपुर — लालझाडी गाउँपालिका वडा नं. ५, बैजनाथ टोलमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत निर्माण भएका घरहरु अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ।

घर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि भूमि आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रसाद पन्त हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा वडा नं. १ का अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा विभिन्न स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष निर्मल राना र वडा अध्यक्ष पहल ब. थापाले लाभग्राही परिवारलाई घरको चाबी हस्तान्तरण गर्दै सुरक्षित आवास कार्यक्रमले विपन्न परिवारको जीवनस्तर सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो।

साथै, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष बचन ब. सिंह, निड्स नेपालका प्रमुख व्यक्तित्व, प्राविधिक टोली तथा अन्य स्थानीय व्यक्तित्वहरूको समेत कार्यक्रममा उपस्थिति थियो।

घर पाएका लाभग्राही परिवारले खुसी व्यक्त गर्दै सरकार तथा सहयोगी संस्थाप्रति आभार प्रकट गरेका छन्। उनीहरूले सुरक्षित बसोबासको वातावरण प्राप्त भएपछि जीवनयापनमा सहजता आउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित