काठमाडौं – नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को छैटौँ सिजनमा गायक सिद्धान्त राना (चिरञ्जिवी राना) प्रवेश गरेका छन्। नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर २ भाट्टोलाका राना आफ्नो सुमधुर आवाज र सङ्गीत संयोजनको अद्भुत कलाले चर्चामा आएका छन्।

सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक रानाका ‘दिव्य सम्बन्ध’, ‘चढ्छ मजाले’, ‘बिर्सिने मुटु’ जस्ता गीतहरू श्रोताहरूको मन जितिरहेका छन्। साथै, उनले हिन्दी चलचित्र ‘कल्की’ को एन्थम् समेत निर्माण गरेका छन्। उनका कभर गीतहरू दर्शकमाझ निकै रुचाइएका छन्। गायक राना युनिकन रेकर्डका संस्थापक समेत हुन्।

युनिकन रेकर्डबाट सार्वजनिक भएको ‘कावासोती साइफर’ झनै लोकप्रिय बन्दै गएको छ। यस साइफरमा थुप्रै र्यापरहरूको सहभागिता रहने गरेको छ। गायक रानाले युवा संगीतकर्मीहरूलाई निरन्तर प्रेरणा प्रदान गर्दै आएका छन्।

बाल्यकाल शून्यतामा बिताएका सिद्धान्त राना विद्यालयमा एक्लै गीत गाएर बस्ने गर्थे। गायन प्रतियोगितामा प्रथम हुने अनुभव रहेका उनले सानैदेखि गीतसङ्गीतमा रुचि राख्थे। उनी प्रतियोगिताहरूमा सहभागी भएर जित्ने गर्थे, जसले उनलाई सङ्गीत क्षेत्रमा लाग्ने प्रेरणा दियो।

सङ्गीत क्षेत्रमा आउनु अघि आफू उद्देश्यविहीन रहेको महसुस गरेका राना धार्मिक र आध्यात्मिक प्रभावका कारण जीवनको उद्देश्य थाहा पाएपछि पूर्ण रूपमा सङ्गीत क्षेत्रमा समर्पित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित