नेपाल आदिवासी जनजाति महासंघ पुनर्वास द्वारा ३ सय २० जना बालबालिकालाई न्यानो पोषाक वितरण

धनबहादुर बिक/पुनर्वास – माघ १८ । नेपाल आदिवासी जनजाति महासंघ पुनर्वास ले ३१ बिद्यालय का ३२० जनाबालबालिकालाई न्यानो पोषाक ट्रैक सुट वितरण गरेको छ ।

शुक्रबार पुनर्वास नगरपालिका को सभाहलमा मा आयोजित कार्यक्रममा विपन्न बालबालिकालाई उक्त न्यानो पोषाक ( ट्रैक सुट ) वितरण गरिएको हो ।

कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका को बार्षिक कार्यक्रम अन्तर्गत बालबालिकालाई न्यानो पोषाक वितरण गर्ने योजना अनुरूप आज वितरण गरिएको छ । यो आफैमा राम्रो पक्ष हो ।

नगर उप प्रमुख भुलिया कुमारी रानाले गरिब विपन्न परिवार का बालबालिका लाई थोरै भएपनि सहयोग होस भन्ने उदेश्य ले आदिवासी जनजाति महासंघ ले ल्याएको को कार्यक्रम सकारात्मक रहेको बताए ।

कार्यक्रम का सभापति महासंघ का अध्यक्ष प्रबिन जर्घामगर रहेका थिए भने प्रमुख अतिथि मा नगर प्रमुख तोय प्रसाद शर्मा रहेका थिए बिशिस्ट अतिथि मा नगर उप प्रमुख भुलिया कुमारी राना , निवर्तमान नगर प्रमुख जिबनराज थापा रहेका थिए ।

कार्यक्रम सञ्चालन सचिव बनवारी रानाले गरेका थिए भने स्वागत संघ कि उपाध्यक्ष रूकमाया भुजेलले गरेकि थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित