दिर्घराज ओझा ,पुनर्बास, कञ्चनपुर – पुनर्बास नगरपालिका–११ मा अक्सिजन संकलन तथा व्यवस्थापन समितिले शव चिस्यान (मोर्ट्युरी फ्रीजर) हस्तान्तरण गरेको छ। यस कार्यले स्थानीय समुदायलाई सहजता प्रदान गर्ने विश्वास लिइएको छ।
समितिले शनिबार वडा कार्यालय को भवन मा एक समारोहका बीच शव चिस्यान व्यवस्थापनका लागि स्थानीय प्रशासनलाई हस्तान्तरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तोया प्रसाद शर्मा ले शव व्यवस्थापनमा यस्तो पहल आवश्यक रहेको बताउँदै समितिलाई धन्यवाद ज्ञापन गरे।
समितिका अध्यक्ष पुर्ण बहादुर तमाङ ले समुदायलाई अत्यावश्यक समयमा सहायता पुर्याउने उद्देश्यले यो उपकरण हस्तान्तरण गरिएको बताए। उनले भने, “शव व्यवस्थापनमा देखिएको समस्यालाई कम गर्न यो हाम्रो तर्फबाट गरिएको सानो प्रयास हो।”
उपस्थिति ले समितिको यस कार्यको सराहना गरेका छन्। यो सेवा विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारहरूका लागि ठूलो राहत बन्नेछ।”
संस्थापक अध्यक्ष भुपेन्द्र अधिकारी ले समितिले यसअघि पनि विभिन्न सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र यश समिती लाई यहाँ सम्म पुर्याउनु हुने सम्पुर्ण सहयोग दाता र यस समिती का रचनाकार एबम खटिने मन हरुलाइ समेत सम्झनु भएको छ। पुनर्बास क्षेत्रमा थप सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समितिले जनाएको छ।
Discussion about this post