धनबहादुर बिक – धनगढी – माघ २० – स्थानीय तह प्रमुख एबं सरोकारवालाहरू संग प्रदेश कार्यक्रम सञ्चालन सम्बन्धि समन्वयात्मक गोष्ठी सम्पन्न आईतवार धनगढीमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशको समृद्धि का लागि समग्र कृषि क्षेत्र को आधुनिकिकरण व्यवसायीकरण बिबिधिकरण र औधोकिकरण भन्ने मुल नारा सहित सुरु भएको गोष्ठीमा यही माघ २६ गतेदेखि ३० गतेसम्म प्रदेशस्तरिय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी गरिने उक्त कार्यक्रममा जानकारी गरिएको थियो ।
भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश तथा कृषि विकास निर्देशनालय डोटी को संयुक्त आयोजनामा प्रदर्शन गरिने कृषि मेलामा १५० भन्दा बढी स्टलहरू निशुल्क रूपमा राखिने र उक्त मेलामा सुदूरपश्चिम का ९ जिल्ला का ८८ वटै स्थानीय तहहरू बाट कम्तिमा ४ हजार पाँच सय जना अगुवा कृषकहरू र १ लाख पचास हजार भन्दा बढी आम उपभोक्ताहरूले मेला प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य रहेको कृषि विकास निर्देशनालय डोटिका महानिर्देशक खगेन्द्र प्रसाद शर्माले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा उत्पादित रैथाने एवं स्थानिय बाली / वस्तुहरू सहित समग्र कृषि, पशुपन्छी र मत्स्य क्षेत्रको विकासको एउटा झलक एकै थलोमा देखाउने गरि प्रदेशको अस्थायी राजधानी रहेको कैलाली जिल्लाको धनगढीमा, सुदूरपश्चिम प्रदेश स्थापना भएपछिको पहिलो “प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी, २०८१” “सुदूरपश्चिम प्रदेशको समृद्धि लागि समग्र कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, विविधिकरण र औद्योकीकरण” भन्ने मूल नाराका साथ संचालन गर्न लागिएको छ महानिर्देशक शर्माले बताए । यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकार अन्र्तगतको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नेतृत्वमा प्रदेश भित्र क्रियाशिल तिनै तहका सरकारी, गैरसरकारी र निजी क्षेत्रहरू बीच समन्वय एवं सहकार्य हुने व्यवस्था मिलाएको छ।
तराई, पहाड र हिमाल सबै किसिमको भौगोलिक अवस्था र हावापानी विद्यमान रहेको यस प्रदेशमा कृषिका बिभिन्न उप/क्षेत्रहरूको विकास र विस्तार मार्फत थप रोजगारी श्रृजना गर्न तथा कृषकहरूको आयस्तर बढाउन सकिने अपार सम्भावना रहेको मेलाको महत्त्व रहेको बताईएको छ। यसै सन्दर्भमा आयोजित यस कृषि तथा पशुपन्छी मेला प्रदर्शनी बाट कृषकहरु, कृषि कार्यमा संलग्न समूह/सहकारीहरू, कृषि एवं पशुपन्छी शिक्षा अध्यनरत विद्धार्थीहरु तथा कृषि व्यवसायी / उद्यमीहरुका साथै सरोकारवाला नीति निर्माता र आम उपभोक्ताहरूले आ-आफ्नो ढंगबाट आवश्यक जानकारी र लाभ प्राप्त गर्न सक्ने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीका महानिर्देशक डाक्टर पान सिंह ठगुन्नाले जानकारी दिए ।
प्रदेशको बिविधतायुक्त कला संस्कृति र खाद्य परिकारहरूको संरक्षण, प्रवर्द्धन र विकासमा समेत यस मेला प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने उक्त मेलामा अपेक्षा गरिएको छ । भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश तथा कृषि विकास निर्देशनालय डोटी को संयुक्त आयोजनामा भएको कार्यक्रममा कैलाली कञ्चनपुर का पालिका प्रमुख , पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटि महानिर्देशक , कृषि विकास निर्देशनालय डोटी महानिर्देशक , जिल्ला समन्वय कैलाली कञ्चनपुर प्रमुख , योजना तथा अनुगमन महाशाखा प्रमुख , भेटरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ कैलाली प्रमुख , pmamp आयोजना कार्यनयन ईकाई कैलाली प्रमुख , ग्रामीण उधम तथा आर्थिक विकास परियोजना डडेल्धुरा प्रमुख , कृषि ज्ञान केन्द्र कैलाली प्रमुख , कैलाली कञ्चनपुर का कृषि विकास शाखा प्रमुख हरू , उधोग बाणिज्य संघ कैलाली प्रतिनिधि , नेपाल पत्रकार महासंघ कैलाली कञ्चनपुर प्रतिनिधि , कृषि समुह महासंघ प्रदेश कार्यसमिति कैलाली कञ्चनपुर , जिल्ला सहकारी संघ कैलाली , विउ व्यवसायी महासंघ प्रदेश कार्यसमिति सुदूरपश्चिम प्रदेश तथा नेपाल डेरी एसोसिएसन प्रदेश प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय धनगढी कैलाली का सचिव यज्ञराज जोशी को सभापतित्वमा भएको कार्यक्रममा मन्त्री बिरबहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा मन्त्री थापाले प्रमुख अतिथि को आसनबाट बोल्दै ८४ प्रतिशत कृषि पेशामा आधारित सुदूरपश्चिम मा प्रदेश सरकार र स्थानीय सरकारले न्यून बजेट विनियोजित गरिनु दुखत बिषय रहेको बताए । तीन तहका सरकार तिनतिर फर्केपछि कुनै योजना सफल हुन नसकेको उनलेे जिकिर गरे ।
उनले कृषि क्षेत्र को विकास र अर्गानिक बाली उत्पादन का लागि रसायनिक मल लाई प्रतिबन्ध गरि प्राङ्गणीक मल विस्तार गर्न लाग्नुपर्ने कुरामा जोड दिए । सुदूरपश्चिम को कृषि क्षेत्र लाई माथि उठाउन उत्पादन , बाली बजारिकरण तथा प्रशोधन साई समन्वय गर्न प्रदेश सरकारले योजना ल्याउन लागेको बताए । सरकारले अघि सारृका निति तथा योजना हरूलाई सम्बन्धित मन्त्रालय र स्थानीय तहका कर्मचारीले पनि ईमानदारी ढंगले कार्यनयन का लागि लाग्नुपर्ने सुझाव दिए । कर्मचारीले ईमानदारी पुर्वक काम गरेको खण्डमा कृषक सेवाग्राही ले पनि सोही अनुसारको सेवा प्राप्त गर्ने मन्त्री थापाले जोड दिए । कार्यक्रम को सञ्चालन कृषि ज्ञान केन्द्र कञ्चनपुर का कृषि प्रचार अधिकृत गोविन्द सिजापति ले गरेका थिए ।
Discussion about this post