प्रेस चौतारी नेपाल कञ्चनपुरद्वारा अनाथालयमा फलफूल, खाद्यान्न र शैक्षिक सामग्री वितरण

महेन्द्रनगर । प्रेस चौतारी नेपाल कञ्चनपुरले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफूल, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ।

आज (मंगलबार) आयोजित विशेष कार्यक्रममा अनाथ बालबालिकालाई आवश्यक सामग्री वितरण गर्दै चौतारीका अध्यक्ष लक्ष्मण पन्तले यसखाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले प्रेस जगतलाई मात्र होइन, समग्र समाजलाई नै सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्ता सहयोगका गतिविधिहरू निरन्तर आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, कञ्चनपुर पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थी, विभिन्न सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

सामाजिक सेवाका लागि सञ्चार क्षेत्रको अग्रसरता प्रेरणादायी भएको सहभागीहरूको धारणा थियो। अनाथालयका तर्फबाट पनि सहयोगप्रति खुशी व्यक्त गर्दै आयोजक तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित