महेन्द्रनगर, माघ २४ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरैया किरणटोलका चन्द परिवारले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान यज्ञको आयोजना गरेका छन्। देवबहादुर चन्द र हिरा देवी चन्द परिवारको निजी लगानीमा आयोजित ज्ञान यज्ञ बिहीबारदेखि सुरू भएको हो।
चन्द परिवारका छोरा नरेन्द्र चन्दका अनुसार शान्ति, आध्यात्मिकता र धार्मिक विकासका लागि ज्ञान यज्ञ आयोजना गरिएको हो। बिहान ७ बजेदेखि पूर्वाङ्पूजा, ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रीमद्भागवत मूलपाठ वाचन, दिउँसो २ बजेदेखि ५ बजेसम्म कथा प्रवचन तथा साँझ ५ बजेतिर आरतीसहित प्रशाद ग्रहण कार्यक्रम सञ्चालन हुनेछ।
यस ज्ञान यज्ञमा ब्यास पण्डित दीपक जोशी (शास्त्री) सहितका पण्डितहरूद्वारा कथा वाचन तथा पूजा आराधना गरिँदैछ। देव र हिरा चन्दका अर्का छोरा बीरबहादुर चन्दले बाबुआमाको इच्छाअनुसार घरमै यज्ञ आयोजना गर्न पाउँदा खुशी लागेको बताए।
उक्त ज्ञान यज्ञकै अवसरमा देव र हिरा चन्दका ज्येष्ठ नाती आयुष्मान अकित चन्दको उपनयन संस्कार समेत गरिँदै छ। चन्द परिवारले आयोजना गरेको सात दिने ज्ञान यज्ञले समाजमा आध्यात्मिकता र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।






















Discussion about this post